kumari
stcnepal

जसपाकी समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिइन्

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।

शुक्रबार संसद् सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।

footer