kumari
stcnepal

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा । गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए । सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ ।

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । सभामुख समेतको समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध अदालत गएको छ । सर्वोच्च अदालतले कांग्रेसले हालेको रिटमाथि सुनुवाइ गर्दै गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । साथै मुद्दालाई अग्राधिकार दिएर १० वैशाखमा पेशी तोकेको छ ।

सर्वोच्चको आदेश विपरीत बैठक आह्वान भएको भन्दै कांग्रेसले विरोध जनाएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले १० वैशाख अघि नै विश्वासको मत लिने तयारी गरेका थिए ।

footer