kumari
stcnepal

सुशासन स्यालको सिङ्को कथाजस्तो भयो

 

राजन कार्की
०४६ सालको परिवर्तनदेखि हालसम्मको शासनमा कानुनव्यवस्थामाथि खेलाँची गरेरै बितेको छ । १७ वर्ष लोकतन्त्रको नाममा नेतातन्त्र, १७ वर्ष बिधिको नाममा भ्रष्टतन्त्र चलिरहेको छ । सुशासन स्यालको सिङ्जस्तो भयो ।
हामीले हाइटी सोमालियाको कहालीलाग्दो कथा सुनेका छौं । नेपाल त्यही कहालीलाग्दो दृष्टान्त बन्नपुगेको छ । बहुदलकालमा जसको शासन थियो, लोकतन्त्रको कालमा पनि तिनकै शासन छ । तिनलाई किन असफल भइयो, जनताको सम्मान आर्र्ज सकिएन भन्ने विषयमा कुनै लज्जावोध देखिदैन ।
०४६ साल अघि कानुनीराजको चाहनाले आन्दोलन भयो र परिवर्तन आयो । तर कानुुुुुुुुुुुुुुुुुुन व्यवस्था ठिक हुनसकेन । ०६३ को कालखण्डमा पनि बिधिको शासनकै जनचाहना थियो, त्यसपछिको समयमा पनि कुशासन नै देखियो । इतिहासका अनुसार सन १८०० मा नेपालियन कोड नेपोलियन बोनापार्टले जारी गरेका थिए । यही कानुन पहिलो लिखित कानुन मानियो । त्योभन्दा पनि ४ सय २१ वर्ष पहिले नै अर्थात सन १३७९, बि.सं. १४३६ मा नै राजा जयस्थिति मल्लले नेवारी र संस्कृत भाषामा न्यायविकासिनी कानुन लिपिवद्ध गरिसकेको पत्ता लाग्यो । यस्तो देशमा आज कानुन राजनीतिक खेलौना हुनपुग्यो । लोकतन्त्र भाङ्ग्राको टोपीलाई गुहेलाको फुल बन्यो । संविधान र कानुनी राजका नाममा अराजकता फैलिएको छ ।
नेपालको अर्को नाम पैसा भएपछि जे पनि गर्न गराउन सकिने अराजक देशको नामले बदनाम भइसकेको छ । यसकारण जनतामा आक्रोश बढेको छ ।
संक्रमणकालीन न्याय सम्पादन हुनसकेन । जनयुद्धका ६४ हजारभन्दा बढी उजुरी छन् भने अदालतमा लाखभन्दा बढी मुद्दा । काँडाले घोचेजस्ता, सिस्नोले पोलेजस्ता मुद्दा ०४६ साल, ०६३ साल, मधेस आन्दोलनका बेलाका शहीदका पनि छन्, विभेदका कारण शहीद घोषणा हुन नसकेकाहरूको पनि छन् । २०७२ साल भदौ ७ गते नावालक बच्चासहित ७ प्रहरीको नृशंस हत्याका मुद्दा र मुद्दाका दोषी रेशम चौधरीले चुनाव जितेको र शपथग्रहण गराउने कि नगराउने भन्ने देखि उनलाई विधिको शासन भन्नेहरूले नै माफी दिएको प्रश्न पनि छ । हरेक वर्ष हत्या, हिंसा, बालबृद्धाको बलात्कारका समस्या कहालीलाग्दो छ । यी कानुनले ती सबै समस्या संवोधन गर्न सकेन । अन्तिम आशामा रहेको अदालतको हालतमा पनि अस्तव्यस्त नै देखिन्छ । अदालत पार्टीको भातृसंगठन त होइन भन्ने प्रश्न पनि गर्ने गरिन्छ । किनकि असमानता र निरंकुशताको, बिखण्डन र समाजविरोधी तत्वको अन्त्य हुनुपथ्र्यो, प्रजातन्त्रमै ग्रहण पो लाग्यो । लोकतन्त्र निरंकूशतन्त्र बन्यो ।
नेपाली नेताहरु विदेशभक्त बढी भए । स्वदेश र स्वराजको बदनाम गरेर बिदेश भक्त बन्नु नेपाली नेताको पुरानै रोग हो । यो झन बल्झेको छ । साँच्चै भन्ने हो भने हरेक नेता, कर्मचारीको सम्पत्तिको स्रोत खोज्नुपर्ने बेला आइसक्यो । संविधान बनाउनका लागि बनेका सांसदहरू कस्ता थिए भने राजेन्द्र महतोकी श्रीमती शैलकुमारी,राजकिशोर यादवकी श्रीमती सरिता कुमारी, अनिल झाकी श्रीमती डिम्पल झा, नेताकी प्रेमिका निर्जला राउतमात्र होइन, महन्थ ठाकुरले त छोरीकी सासू सम्धिनीलाई सांसद पद नै दाइजोमा दिएका थिए । अहिले समानुपातिकमा भ्रष्ट चरित्र देखाएर सांसद बनेकी कांग्रेस सभापति पत्नी आरजु देउवा परराष्ट्र मन्त्री बन्न पुगेकी छिन् । १७ वर्षमा स्वार्थको मनोवृत्तिमा कुनै फरक आएन ।
बिधि हात्तीको देखाउने दाँत बन्यो ।
बिधि र लोकतन्त्रका नाममा समाजदेखि सर्वोच्च अदालत, संसदको खाजासमेत एनजीओ, आइएनजीओले ख्वाइरहेको छ । लोकतन्त्र विदेशीको हैकममा पुग्यो । सरकार बनाउन, टिकाउन विदेशी गुहार्ने चलन छँदैछ । सांसद किनबेच गरे, किनबेचका लागि भारतदेखि चीनसम्म पैसा माँग्नसमेत गए । बिधि बलियो भएको भए भारतको झारखण्डमा सांसद खरिद गर्दा त्यतिबेला पीभी नरसिंह राव जेल परेका थिए, बोफोर्समा राजीव गान्धी र चारा घाटाला काण्डमा लालु यादव जेलको चक्की पिस्न पुगे । कांग्रेसलगायतका पार्टीहरुले बिधिलाई बदनाम गर्ने गरेर दलालीतन्त्र चलाइरहेका छन् ।
राजनीति राष्ट्रघात गर्न उत्साहित छ । यस्तो चरित्र बोकेको राजनीति राष्ट्रवाद बचाउन सक्दैन । आफूमाथि कुनै खतरा नहोस् भनेर भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी आफ्नो नक्सामा मिलाइसक्दा पनि भूगोल खोज्न कुनै नेता तैयार छैनन् । यी लेण्डुपेजस्ता लाग्छन् । लेण्डुप सधैं निन्दनीय छन् । नेपालमा लेण्डुपेहरुको नयाँ नयाँ संस्करण जन्मन थालेका छन् ।
राजनीति स्वच्छ हुनुपथ्र्यो । नियत सफा देखिनुपथ्र्यो । नेपालको राजनीतिले सिकाएको शिक्षा नै बेइमानी हो । यहीकारण पानी मन पर्छ बचाउँदैनन्, खाना मन पर्छ, खेती गर्दैनन् । दूध मन पर्छ गाई पाल्दैनन्, शीतल खोज्छन्, रूख रोप्दैनन् । राम्री बुहारी खोज्छन्, छोरी भए गर्भपतन गराउँछन् । बोत्स्वाना हीराको व्यापारमा नम्बर वान हो । नेपाल पानी र पर्यटनमा नम्बर वान हुनसक्छ, बुझ्दैनन् । सबैलाई इजी मनी र सिधै सत्ता चाहिएको छ । सम्पत्ति त राज्यकोष, राज्य सम्पत्ति बेचेर पनि कमाउँछन्, दलाललाई दलाली नै प्यारो । दलाललाई लोकतन्त्र देखाउनका लागिमात्र चाहिएको हो ।
इतिहास साक्षी छ, १९६९ मा सुरक्षा परीषदमा चुनाव लडेर निर्वाचित भएको नेपाल, जसले त्यतिबेला जापानलाई हरायो । चीन सदस्य नै थिएन । १९८८ मा एसियाले साथ दियो, फेरि नेपालले जित्यो । त्यसपछि नेपालको कहाँ छ ? भ्रष्ट नेता भएको धनी देश हो नेपाल । जो माँगेर छाक टार्छ, विकासको पाइला सार्छ । १७ वर्ष अघिसम्म नेपाल के भन्छ भनेर विश्वका कान ठाडा हुन्थे, आज नेपाल दिल्लीमै अपमानित हुन्छ, बाँकी विश्वको के कुरा गर्नु र ? नेपाललाई यसरी रसातल पु¥याउनाले ल्याएको संविधान यिनकै लागि भार हुनथालेको छ ।
सुधारिएर बाल्मिकी बन्लान भनेको, सुधारिएनन् । रत्नाकर बाल्मिकी बनेको संस्कृति छ, संस्कारित बन्न कोही तैयार छैन । भुल हुन्छ, सुधार्न कोही तैयार छैनन् । सबै मैमत्ता न कलकत्ता भएका छन् । दम्भले झम्मै पारिसक्यो । मकवानपुरमा अग्नि एयरको नोज डाइभ र असक्षमताको मैदानमा लोकनेताहरूको टाउको टेकाई उस्तै भएन र ? यसकारण प्रश्न उठ्यो– राजनीतिक अन्धबेगले सोमालिया बनाउने भयो । वर्तमान नेपालको अन्याय र अराजकता सामालियाभन्दा कम छैन ।
१९७५ मा भारतले लेण्डुप दोर्जीको प्रयोग गरेर सिक्किम खाइदियो । लेण्डुपका ३२ मध्ये ३१ सांसदले संसदबाटै भारतमा बिलयन हुने प्रस्ताव पारित गरेका थिए । त्यसपछि लेण्डुप बाँचुन्जेल जनताले उनलाई देख्यो कि थु थु गर्थे, उनी मर्दा मलामीसम्म पाएनन् । कुनै बेला मैसुर राज्यका गद्धार शेख हयास, मीर खानहरू थिए, नेपालमा नेताहरूको रूपमा तिनको पुनर्जन्म त भएन ?
इतिहास शिक्षा पनि हो । बेलायतको इतिहासमा मान्छे काटेर सिंहासनमा बस्ने राजा रिचार्ड तेस्रो थिए । युध्दमैदान जाँदा एकदिन उनी शत्रुको घेरामा परे । उनले रणभूमिमा भनेका थिए– म हजारौं बिरोधीबाट हार खान्न । मेरा सेनाको शक्ति पनि कमजोर छैन । तर कुन गद्धारले गर्दा म घेरामा परें । म मारिनु पर्ने स्थिति छ, तैपनि मलाई एउटा घोडा चाहिएको छ । म त्यो गद्धारको खोजी गर्छु । म त्यो घोडा चढेर गद्धार खोज्न जान्छु । त्यसलाई सिध्याउँछु । गद्धारलाई मार्ने अवसर देउ, त्यसपछि मलाई टुक्रा टुक्रा पार, म ऐया पनि भन्नेछैन । यस्ता देशभक्त एकजना पनि छैनन् नेपाली राजनीतिमा । सबै गद्दारीको नसामा मदमत्त छन् ।
राजनीति र प्रशासनमा गद्धारहरूको बिगबिगी छ । देश युवा बेच्ने, युवा रगत बेच्ने, देशको भविष्य बेचेको रेमिटान्सले संघीय लोकतन्त्र चलाउने । राष्ट्रमा अराजकता छ, अनीति छ, अनुशासन छैन, मनपरीमात्र छ । हामी असफल राष्ट्रका जनता बन्दैछौं । अव जनताले, नागरिक समाज र बुद्धिजीवीहरूले गद्धारीपन जहाँजहाँ छ, त्यसको भण्डाफोर गर्नुपर्छ । सिनो राजनीति र मुर्दा अर्थनीतिको सुधार गर्न कडिकडाउ निर्णय लिने वीर त जन्मनैपर्छ । अन्यथा शेक्सपियरको एक कथामा सिजरलाई जसरी उनकै विश्वासपात्र ब्रुटसले धोका दिएर मारे । सिजरले ब्रुटस तिमी पनि…. भनेर प्राण त्याग गर्नुप¥यो, त्यसैगरी गद्धारहरूले नेपाललाई चिहान बनाउने छन् । नेपाल चिहानभन्दा कम छेन ।
यति ठूलो परिवर्तन गर्ने अगुवा जनयुद्ध र जनआन्दोलनका नायकहरू नासूर बने । ऋगबेदका ऋचाका पवित्र श्लोकहरू गुन्जियोस् भन्ने थियो, राष्ट्र विकासशील बन्दियोस् भन्ने थियो, मंगलसेनहरूको जगजगीले तुहियो । भृकुटी, बलबाहुको देश बाहुबलीको चङ्गुलमा फस्यो । माक्र्स, लेनिनका सालिक पनि कम्युनिष्टका सम्भ्रान्त जीवन देखेर लजाएका होलान् । यी नेतालाई अलिकति पनि लज्जावोध हुन्न, यी कस्ता पात्र हुन् । दया लागेर आउँछ ।

footer