kumari
stcnepal

कांग्रेस, एमालेको सरकार असफल भए मुलुक नै संकटमा

 

काठमाडौ । मुलुकमा दुई ठुला राजनीतिक दलहरु मिलेर सरकार गठन गरेका हुनाले नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी ओली नेतृत्वको सरकारसँग जनताले ठुलो आशा र भरोसा गरेका छन् । यति बेला जनतामा निराशा छाएको छ । मुलुक बाढी पहिरोले गर्दा आक्रान्त भएको छ भने बढी पहिरोले धेरै जनताको दुःखद निधन समेत भईसकेको छ । यस्तो दुखद अवस्थामा सरकराले आफ्ना नागरिकलाई दिनुपर्ने सेवा सुविधा विगतको पुष्पकमल दाहाल सरकारले ध्यान नपु¥याएको हुनाले ओली सरकारबाट जनताले सेवा सुविधा पाउने आशा गरेका छन् ।
मुलुकको राजधानी काठमाडौमा नै बर्षाको बेला पनि खानेपानी हाहाकार भएको छ । जनताले ट्याँकरबाट पानी किनेर खानुपर्ने वाध्यता रहेको छ । जनताका घरमा धारा छन् पानी आउँदैन । पानी नआउने धाराको मासिक शुल्क भने तिरिरहनुपर्ने बाध्यतामा जनता रहेका छन् । देख्दा सानो कुरा भएपनि जनतालाई ठुलो मार परेको हुनाले अब ओली सरकारले धारामा पानी नआउने पानीको शुल्क मिनाह गर्नुपर्ने आवश्यकता रहेको छ ।
जनताका समस्याहरु एकै पटक समाधान हुन सक्ने सम्भावना नभएपनि क्रमशः त्यस्ता समस्याहरु समाधान गरिँदै अघि बढ्नु ओली सरकारकै हितमा हुनेछ । कांग्रेस र एमालेको गरी झण्डै दुई तिहाई मत रहेकाले गर्दा सरकार जोगाउन सरकार लागि पर्नुपर्ने बाध्यता ओली सरकारलाई छैन । कांग्रेस र एमाले मिलेर सरकार निर्माण मात्र गरेका छैनन् दुवै दलका अध्यक्ष र सभापति आलोपालो प्रधानमन्त्री बन्ने सहमति गरेका हुनाले दुवै दलले एकले अर्कोलाई विश्वास गरेर अघि बढ्न सक्नुपर्दछ । यदि कांग्रेस र एमालेको संयुक्त सरकार पनि असफल सावित भए मुलुक नै असफलताको मार्गतर्फ उन्मुख हुने निश्चित जस्तै रहेकाले त्यसतर्फ ओली सरकारले मात्र होइन कांग्रेस र एमालेले नै ध्यान पु¥याउनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

footer