kumari
stcnepal

कर्णाली प्रदेशका मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले प्रदेशसभाबाट दोश्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

यसअघि नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा सरकार गठन भएपछि उनले विश्वासको मत लिएका थिए । तर संघमा कांग्रेस र एमालेको गठबन्धन बनेपछि प्रदेशमा पनि त्यहीअनुसारको गठबन्धन बनेको छ । मुख्यमन्त्री कँडेलले कांग्रेसको समर्थनमा प्रदेशसभाबाट दोश्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

मुख्यमन्त्री कँडेलले साउन २१ गते सोमबार विश्वासको मत लिने भन्दै प्रदेशसभा सचिवालयमा पत्राचार गरिसकेको प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्छ । प्रदेशसभामा कँडेलको दल नेकपा एमालेका १० सांसद छन् भने उनलाई समर्थन गर्ने दल नेपाली कांग्रेसका १४ सांसद छन् ।

footer