kumari
stcnepal

फिलिपिन्सलाई नेपालले हरायो, रनको हिसाबले तेस्रो ठूलो जीत

टी२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्स निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बनेको हो । रनको हिसाबले नेपालको यो तेस्रो ठूलो जीत हो ।

यस अघि कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । दोस्रो ओभरमा नै आशिफ शेख शून्य रनमा आउट भए । पाँचौँ ओभरमा कुशल मल्ल पनि १२ रन बनाएर आउट भए । त्यसपछि भने कुशल र दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई विशाल योगफल तर्फ डोर्‍याए ।

दीपेन्द्रले ४७ बलमा छ चौका र चार छक्काको मद्दतले ८३ रन बनाए भने कुशलले नटआउट रहँदै ६१ बलमा १०४ रन बनाए । यस क्रममा उनले १३ चौका र १ छक्का हिर्काए । नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

footer