kumari
stcnepal

नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल

नेपालको टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । ८ वर्षपछि पुनः विश्वकपमा पुग्ने निर्णायक खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको छ ।

ओमानको मस्कट स्थित अल अमेरात रंगशालामा मंगलबार युएई विरुद्ध नेपालले बलिङ र ब्याटिङ दुवैमा अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।

युएई विरुद्ध १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन जोड्नु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपाललाई हराएको युएई भने अष्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट भएको छ ।

 

 

footer