kumari
stcnepal

माघ १२ मा निर्वाचित भएका राष्ट्रिय सभाका सदस्यहरुको यहि फागुन २१ मा शपथ ग्रहण हुने

काठमाडौं । गत माघ १२ गते भएको राष्ट्रिय सभाको सदस्यको निर्वाचनमा निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूको शपथ फागुन २१ गते शनिबार हुने भएको छ ।

संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा हुने भएको छ ।

अहिले वहाल रहेका राष्ट्रिय सभाका २० सासदहरुको पदावधि पर्सी २० गते समाप्त हुने भएकोले माघमा १२ भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।

राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिले एक जनालाई राष्ट्रियसभाको सदस्यको लागि नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ ।

footer