kumari
stcnepal

काठमाडौं उपत्यकामा आज देखि बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आज देखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आज देखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजन भएको उक्त भाडा दर आज देखि लागू गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

समायोजन पछि सार्वजनिक सवारी साधनको पाँच देखि २० किलोमिटर सम्मको भाडादर २ देखि ३ रुपैयाँ सम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटर सम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटर सम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रति मिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेट सम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्य भन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।

 

 

 

footer