२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं उपत्यकामा आज देखि बढ्यो सार्वजनिक यातायातको भाडा

1.39K
shares

काठमाडौं । काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आज देखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आज देखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजन भएको उक्त भाडा दर आज देखि लागू गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

समायोजन पछि सार्वजनिक सवारी साधनको पाँच देखि २० किलोमिटर सम्मको भाडादर २ देखि ३ रुपैयाँ सम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटर सम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटर सम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।

यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रति मिनेट १.२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेट सम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । पछिल्लो पटक भाडा समायोजन हुँदाको मूल्य भन्दा पाँच प्रतिशतले प्रेटोलिय पदार्थको मूल्यमा घटबढ भए सवारी साधनको भाडा समायोजन गर्ने गरिन्छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports