kumari
stcnepal

राजा सहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ उपत्यका केन्द्रित सङ्गठन विस्तार कार्यलाई तीव्रता दिएको छ । राप्रपा महामन्त्री तथा सङ्गठन विभाग प्रमुख धवल शमशेर राणा राणाले कीर्तिपुर नगर तहको सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै राजा सहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा भएको बताए ।

उनले भने– ‘राजासहितको हिन्दु राष्ट्र राप्रपाको मूल एजेन्डा हो, जनताको बल र समर्थनमा यो लक्ष्य हामी प्राप्त गर्छौँ । मूल लक्ष्य प्राप्त नगरेसम्म हामी विश्राम गर्ने छैनौँ,’ विगत आन्दोलनको अनुभवका आधारमा यस पटक राप्रपा पूर्ण तयारीका साथ सडकमा उत्रने महामन्त्री राणाले बताए । सशक्त र प्रभावकारी आन्दोलनका लागि सानोभन्दा सानो विषय सम्बोधन गर्दै राप्रपा तयारीमा जुटेको उनले स्पष्ट पारे ।

महामन्त्री कुन्ती शाहीले देशमा विद्यमान विकृति र विसङ्गति सरकार परिवर्तन गरेर सम्बोधन नहुने भन्दै अहिलेको सङ्कट निराकरण गर्न सनातन पहिचानलाई आत्मसात् गर्नुपर्ने बताइन् । नेपाल निर्माणदेखिको यथार्थ अवस्था, धर्म संस्कृति परम्परा र भूराजनीति समेत सम्बोधन हुने गरी संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो ।

प्रवक्ता तथा सङ्गठन विभागका सदस्य सचिव सगुन सुन्दर लावतीले नयाँ नेपाल बनाउँछु भन्ने समाजवादी, साम्यवादी र कथित लोकतन्त्रवादीहरूले देशलाई धुजा धुजा पारेको, प्रजातान्त्रिक नियन्त्रण सन्तुलन ध्वस्त बनाएको र लाज पचाएर जनतालाई ढाँटेको भन्दै दुख व्यक्त गरे ।

footer