kumari
stcnepal

पुलिस र थ्रीस्टारले अंक बाँडे

शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको खेलमा थ्रीस्टारले पहिलो हाफमा अग्रता लिए पनि जोगाउन सकेन र दोस्रो हाफमा पुलिसले गोल फर्कायो । खेलको २१औं मिनेटमा ऋतिक कुमार खड्काले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । तर ५१औं मिनेटमा पुलिसका सुमन सुवेदीले बराबरी गोल फर्काए । तेज तामाङको फ्रि-किकमा उनले हेड मार्फत गोल गरे ।

global bank  ad lamu

बराबरीपछि थ्रीस्टारले शीर्ष तीनमा उक्लने मौका गुमायो । थ्रीस्टार ११ खेलबाट १८ अंक जोड्दै चौथो स्थानमा छ । ११ खेलबाट आर्मी १९ अंक सहित तेस्रो स्थानमा छ । आर्मी बुधबारै भएको खेलमा हिमालयन शेर्पासंग बराबरीमा रोकिएको थियो ।

पुलिसले ११ खेलबाट ११ अंक जोडेको छ र दशौँ स्थानमै यथावत छ । एपीएफ समान अंक भएपनि गोल अन्तरमा पुलिस पछि छ । यी दुई टोली एकआपसमा खेल्न बाँकी छ ।

एपीएफले त्यसअघि बिहीबार मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

footer