kumari
stcnepal

क्रिकेट टोली आज स्वदेश फर्किदै

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ ।

ओमानमा भएको आईसीसी टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ मा सहभागिता जनाएको राष्ट्रिय क्रिकेट टोली आज शुक्रबार बेलुका स्वदेश फर्कन लागेको हो । नेपाली टोली बेलुका साढे पाँच बजे नेपाल आइपुग्ने जनाइएको छ ।

विश्व कपमा पुग्न असफल नेपाल छनोटमा तेस्रो भएको छ । हिजो तेस्रो स्थानका लागि भएको खेलमा नेपालले ओमानलाई ९ विकेटले हराएको थियो । सेमिफाइनलमा यूएई सँग पराजित भएपछि नेपाल यसै वर्ष अष्ट्रेलियामा हुने टी–२० विश्व कपमा पुग्न असफल भएको छ ।

 

 

footer