kumari
stcnepal

आर्मीले सुरक्षित गर्यो लिगमा दोस्रो स्थान

मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा रहेर शहीद स्मारक ‘ए’ डिभिजन लिग टुंग्याएको छ ।

लिग अन्तर्गत शनिबार भएकाे आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान सुरक्षित गरेको हो । लिगमा कुनै खेल नहारेको आर्मीले आठ खेल बराबरी खेल्दै कुल २३ अंक जोड्यो । एनआरटी समान अंक भएपनि आर्मी हेड टु हेडमा अघि रहेकाे हाे ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले धेरै खेल बराबरी खेल्दा पनि दाेस्राे स्थानमा पुग्दा खुशी व्यक्त गरे । उनल खेलाडीको चोटका कारण एकरुपकाे प्रदर्शन गर्न नसकेकाे र अरु टिमकाे नतिजा बिग्रँदा पनि आफ्नाे टिमलाई फाइदा भएकाे बताए ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गाेलले पछि परेकाे अवस्थामा बराबरी गाेल फर्काएकाे हाे । खेलको ४५ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

तर ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले खेल बराबरी गरेकाे हाे । सन्तोष तामाङको फ्रिकिक मनाङका गोलकिपर अशोक बरालले रोकेपछि फ्रान्कलिनलाई लागेर गोल भएको थियो । एक गाेलकाे अग्रता जाेगाउन नसक्दा मनाङ भने १३ खेलबाट २१ अंक जाेडेर पाँचाै स्थानमा रह्याे ।

 

 

footer