प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आर्मीले सुरक्षित गर्यो लिगमा दोस्रो स्थान

689
shares

मनाङ मर्स्याङ्दी क्लबसँग बराबरी खेल्दै त्रिभुवन आर्मी क्लबले दोस्रो स्थानमा रहेर शहीद स्मारक ‘ए’ डिभिजन लिग टुंग्याएको छ ।

लिग अन्तर्गत शनिबार भएकाे आफ्नो अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग १-१ को बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान सुरक्षित गरेको हो । लिगमा कुनै खेल नहारेको आर्मीले आठ खेल बराबरी खेल्दै कुल २३ अंक जोड्यो । एनआरटी समान अंक भएपनि आर्मी हेड टु हेडमा अघि रहेकाे हाे ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले धेरै खेल बराबरी खेल्दा पनि दाेस्राे स्थानमा पुग्दा खुशी व्यक्त गरे । उनल खेलाडीको चोटका कारण एकरुपकाे प्रदर्शन गर्न नसकेकाे र अरु टिमकाे नतिजा बिग्रँदा पनि आफ्नाे टिमलाई फाइदा भएकाे बताए ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले एक गाेलले पछि परेकाे अवस्थामा बराबरी गाेल फर्काएकाे हाे । खेलको ४५ औं मिनेटमा कप्तान अञ्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

तर ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले खेल बराबरी गरेकाे हाे । सन्तोष तामाङको फ्रिकिक मनाङका गोलकिपर अशोक बरालले रोकेपछि फ्रान्कलिनलाई लागेर गोल भएको थियो । एक गाेलकाे अग्रता जाेगाउन नसक्दा मनाङ भने १३ खेलबाट २१ अंक जाेडेर पाँचाै स्थानमा रह्याे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports