kumari
stcnepal

दोस्रो टी–२० खेलमा नेपाल ए ४० रनले पराजित

काठमाडौँ । नेपाल ‘ए’ ले आयरल्याण्ड ‘ए’ विरुद्ध लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको दोस्रो टी–२० खेलमा नेपाल ४० रनले पराजित भएको हो ।

२ सय २५ रनको लक्ष्य पाएको नेपालले १७.५ ओभरमा १ सय ८४ रन मात्र बनाउन सक्यो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्‍यो । योसँगै आयरल्याण्डले २-० ले शृङ्खला आफ्नो पक्षमा पार्न सफल भएको छ ।

footer