kumari
stcnepal

भारतको राज्यस्तरीय टोली गुजरातबाट नेपाललाई जितका लागि ९९ रनको लक्ष्य

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतको राज्यस्तरीय टोली गुजरातबाट जितका लागि ९९ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो ।

गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । यसक्रममा उनले चार ओभरमा २२ रन खर्चिएका थिए । उनले १४ औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे ।

footer