तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

डोनाल्ड ट्रम्प प्रशासनको ५ लाख बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय

728
shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ ।

प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाखभन्दा बढी आप्रवासीहरूको अस्थायी कानूनी अधिकार खारेज गरेको हो । संघीय सरकारद्वारा जारी गरिएको सूचना अनुसार अमेरिकामा कानुनी आधारबिनै बसेका ती आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति र निर्वासनबाट सुरक्षित रहने सुविधा रद्द हुनुअघि देश छोड्न चेतावनी दिइएको छ । बाइडेन प्रशासनको कार्यकालमा ५ लाख ३० हजार प्रवासीहरूलाई सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिका ल्याइएको थियो।

यो क्युबा, हैटी, निकारागुवा र भेनेजुएलाको संक्षिप्त रूप हो । यो अमेरिकी सरकारले ती देशका नागरिकहरूको लागि ल्याएको एउटा मानवीय प्रवासन कार्यक्रम हो । यो कार्यक्रम सन् २०२२ मा तत्कालीन राष्ट्रपति जो बाइडेनले सुरु गरेका थिए। सुरुवातमा यो कार्यक्रम भेनेजुएलाका नागरिकहरूको लागि मात्र थियो, तर पछि अन्य देशका प्रवासीहरूलाई पनि समेटियो। संकटग्रस्त देशका मानिसहरूलाई सुरक्षित, व्यवस्थित र कानुनी रूपमा अमेरिका प्रवेशका लागि यो कार्यक्रम सुरु गरिएको थियो । अवैध रूपमा सीमाबाट प्रवेश गर्ने खोज्नेहरुको संख्या घटाउने उद्देश्यले यो कार्यक्रम लागु गरिएको थियो ।

यो कार्यक्रम कानुनी रूपमा प्रवासनका ढोका खोल्नका लागि सुरु गरिएको थियो। तर ट्रम्पले राष्ट्रपति पद सम्हालेपछि यस कार्यक्रमलाई निलम्बित गरेका थिए ।यद्यपि, यस अवधिमा तीमध्ये कतिपय प्रवासीहरूले अरु कानुनी बाटो खोल्न सकेकका छन् कि छैनन् भन्ने कुराले उनीहरूले अमेरिकामा वैध रूपमा बस्न अनुमति दिन्छ वा दिंदैन भन्ने बारे स्पष्ट गरिएको छैन । यस कार्यक्रमले आप्रवासीहरू र तिनका परिवारका सदस्यहरूले अमेरिकी प्रायोजक पाएको प्रमाणित गर्न सकेमा अमेरिकामा उडान गर्न र अस्थायी आप्रवासीका रूपमा दुई वर्षसम्म बस्ने अनुमति प्रदान गर्दथ्यो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports