तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजबाट आइपिएल सुरू हुदैँ, पहिलो खेल कोलकाता र बैंगलोर बीच हुने

676
shares

इन्डियन प्रिमियर लिगको १८ औं संस्करण आजबाट सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन कोलकाता नाइटराइडर्स (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) बीच हुने छ।

लिगको पछिल्लो सिजनको फाइनल कोलकाता र हैदराबाद बिच भएको थियो। जसमा कोलकाताले ८ विकेटको जित हासिल गर्दै उपाधि जितेको थियो।बैंगलोर भने पहिलो उपाधिको खोजिमा छ। कोलकाताको घरेलु मैदान इडन गार्डेनमा हुने खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुने छ।यी दुईबीच आइपिएलमा अहिलेसम्म कूल ३५ खेल भएका छन्। जसमा २१ खेलमा कोलकाता र १४ खेलमा बैंगलोर विजयी भएको थियो।

दुई टिम इडेन गार्डेनमा १२ पटक भिडिसकेका छन्। जसमा कोलकाताले ८ पटक जित निकाल्दा बैंगलोरले ४ खेलमा जित हासिल गरेको छ।इडेन गार्डेनको पिच ब्याटिङमैत्री मानिन्छ। यो स्टेडियममा अहलेसम्म आइपिएलका ९३ खेल भएका छन्। यहाँ पहिले ब्याटिङ गर्ने टिमले ३८ खेल जित्दा चेज गर्ने टिमले ५५ खेल जितेको छ।यो मैदानको सर्वाधिक हाइ स्कोर २ सय ६२ रन हो। पञ्जावले गत सिजन कोलकाताविरुद्ध बनाएको थियो। आज कोलकाताको मौसम सफा रहने छैन्।

कुनै भागमा विहानै बाट बर्षाको सम्भावना देखिएको छ। पुरै दिन बादल लाग्ने अनुमान गरिएको छ। वर्षाको सम्भावना ७४ प्रतिशत रहेको छ। दिनको तापक्रम २१ देखी २८ डिग्रीसम्म रहने अनुमान गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports