तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्व कप लिग-२ जितको नजिक पुगेर पनि स्कटल्याण्ड सँग पराजित भयो नेपाल

598
shares

स्कटल्याण्डविरुद कीर्तिमानी जीत नजिक पुगेर नेपाल अन्ततः पराजित हुन पुगेको छ ।

३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल पराजित भएको हो । नेपाल २ रनले पराजित भएकाे हाे ।अन्तिम ओभरमा जीतका लागि ७ रन चाहिँदा नेपालले दुई विकेटको क्षतिमा ४ रनमात्रै बनाउन सक्यो । जसले नेपालको जित्दाजित्दैकाे खेल उम्किएको हो ।

विश्व क्रिकेट लिग २ को अघिल्लो खेलमा भने नेपालले स्कटल्याण्डविरुद्ध नै १ विकेटको रोमाञ्चक जीत हात पारेको थियो ।जीतको लागि असम्भव जस्तो खेलमा सोमपाल कामीको ६७, दीपेन्द्रसिंह ऐरीको ५६ रनको मद्दतमा नेपाल लक्ष्यतर्फ अघि बढेको थियो ।

तर हातमा तीन विकेट बाँकी हुँदा ठूला सट खेल्ने धुनमा दुवै खेलाडी आउट हुँदा नेपालको अवस्था थप कठिन भयो ।पूरै ओभर खेल्दा जित्न सकिने अवस्थाकाबीच करण केसी पनि ४९.३ ओभरमा ठूलो सट खेल्ने धुनमा क्याचआउट हुँदा नेपालको कीर्तिमानी आशा टुटेको हो ।नेपालको लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports