linktrix Long Ad
Salt Trading Long Ad

जनकपुरमा गुठी जग्गामा बसेकाहरूले बालेन सरकारका विरूद्ध प्रदर्शन गर्दै मागे राजिनामा

1.25K
shares

जनकपुरधाम । जनकपुरमा बालेन शाह सरकारविरुद्ध प्रदर्शन भएको छ ।

गुठीको जग्गामा घर बनाएर बसोबास गरिरिरहेका स्थानीयहरूले बालेन सरकारले डोजर आतंक बढाएको भन्दै उनको राजीनामा समेत मागेका हुन् ।बालेन सरकारविरुद्ध उनीहरूले जनकपुरका विभिन्न भागमा प्रदर्शन गरेका हुन् । उनीहरूले आफू बसोबास गरिरहेको जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

बालेन नेतृत्वको सरकारले जनकपुरको गुठीमा अतिक्रमित गरी बनाइएका घर टहराहरू भत्काउने हल्ला चलेपछि गुठी-कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समितिको ब्यानर बोकेर उनीहरू सडकमा उत्रेका हुन् ।

जनकपुरधाममा गुठीको करिब १० बिघा जग्गा अतिक्रमणमा परेको २०६२ सालमा गठन भएको भोजराज घिमिरे नेतृत्वको कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।उनीहरूले सुकुमवासीलाई व्यवस्थापन नगरिकन डोजर आतंक नमच्चाउन सरकारसँग माग समेत गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports