निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टी- २० विश्वकप : एक खेल अगावै वेस्ट वेस्ट इन्डिज सुपर एटमा, नेपाल भने बाहिरियो

754
shares

काठमाडौं । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंकसहित एक खेल अगावै सुपर एटको टिकट काटेको हो । यता, लगातार तीन हार ब्यहोरेको नेपाल भने एक खेल अगावै सुपर एट दौडबाट बाहिरिएको छ ।नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार ब्यहोरेको थियो । वेस्ट इन्डिजले पहिलो खेलमा स्कटल्यान्डलाई ३५ रनले हराएको थियो भने इंग्ल्यान्डमाथि ३० रनको जित निकालेको थियो ।

१३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान शाइ होपले अर्धशतकीय इनिङ्स खेले । उनी ४४ बलमा ६१ रनसहति अविजित रहे । यस्तै, शिमरोन हेटमायर ४६ रनमा अविजित रहँदा ब्रान्डन किङले २२ रनको योगदान दिए ।बलिङतर्फ नेपालको एकमात्र विकेट नन्दन यादवले लिए ।त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको लक्ष्य केही हदसम्म माथि उकासे । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सुवास खकुरेलले २०१४ टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए ।

दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे । लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे ।बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports