नेपालको निर्वाचन परिणाम पनि बङ्गलादेशको जस्तै हुन्छ : अध्यक्ष ओली
वि.सं.२०८२ फागुन ३ आइतवार १४:२६
shares

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने बताएका छन् ।
उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिए ।काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने उल्लेख गरेका हुन् ।
ओलीले अब चुनाव हुने आशा बढेको बताए। ‘चुनावको वातावरण सरकारले बनाउने हो। हामी यसै भन्न सकेनौँ,’ ओलीले थपे, ‘चुनाव हुन्छ भन्ने ठान्छौँ अब हामी।’




































