आउँदो निर्वाचन देश जलाउने र बनाउनेबीचको लडाईं ?
वि.सं.२०८२ माघ २९ बिहीवार १२:१३
shares

निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस पटकको निर्वाचन मुलुक जलाउने र मुलुक बचाउनेहरुबीचको लडाईंं जस्तै भएको छ । गत भाद्र २३ गते जेननजीहरुले गरेको विरोध प्रदर्शन कस्को इसारामा र निर्देशनमा गरिएको थियो भने प्रष्ट हुँदै गएको छ । स्कुले भाईबैनीहरुलाई उचालेर आफ्नो स्वार्थ पूरा गर्नेहरु अहिले सबै रास्वपाका संलग्न भएका र रास्वपाबाटै सांसदको उम्मेदवार बनेका हुनाले अब भाद्र २३ गतेका विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्य किन र कस्का स्वार्थ पूरा गर्न गरिएको थियो भने प्रष्ट भएको छ । विद्यार्थी भाईबैनीहरुलाई अगाडि देखाएर भित्रभित्रै आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नेहरुले नै भाद्र २४ गते विध्वंसात्मक कार्य गरेका थिए । अर्थात उनीहरुले नै भाद्र २३ गतेको विरोध प्रदर्शनलाई हाइज्याक गरेका थिए । सो विरोध प्रदर्शनमा पानी बाँड्न गएको बताउने सुदन गुरुङको सिफारिसमा सर्बोच्च अदालतकीय पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई भाद्र २७ गते मध्यरातमा राष्ट्रपतिले संविधानको उल्लघन गर्दे प्रधानमन्त्रीमा नियुक्त गरेका थिए भने तिनै प्रधानमन्त्रीको सिफारिसमा संसद विघटन गरिएको थियो । सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त हुँदा संसद जिवित रहेकाले गर्दा प्रधानमन्त्रीको नियुक्ति असम्वैधानिक रहेको प्रष्ट हुन्छ । संविधान अनुसार संसद बाहेक अन्य संस्थाबाट प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था संविधानमा छैन ।
भाद्र २३ गते विरोध प्रदर्शन गर्नको एउटै कारण थियो तत्कालीन केपी ओली नेतृत्वको सरकार ढाल्नु । सम्वैधानिक प्रक्रिया द्वारा ओली नेतृत्वको सरकार ढाल्न नसक्ने अवस्था रहेकाले गर्दा विद्यार्थी भाइबैनीहरुको सहारा लिएर ओली सरकार ढालिएको थियो । ओली सरकार ढाल्नु भन्दा केही सयम अघि काठमाडौका मेयर बालेन साहले आफ्नी श्रीमती सवार गाडीलाई प्रहरीले चेकचजाँच गर्दा सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने अभिव्यक्ति स्टाटसमार्फत दिएका थिए । सिंहदरबारमा आगो लगाइयो, सर्बोच्च जलाइयो, संसद भवन जलाइयो तर, आगो लगाईदिन्छु भन्ने साहमाथि कुनै अनुसन्धान र छानविन समेत भएन किन ? अहिले समय परिस्थिति फेरिएको छ । बालेन साह रास्वपाका वरिष्ठ नेता भएर उनी झापा ५ बाट संसदको उम्मेदवार बनेका छन् उनलाई रास्वपाले भावि प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेको छ । त्यस क्षेत्रबाट विगत लामो समयदेखि नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली निर्वाचित हुँदै आएका छन् । अहिले बोलन त्यही क्षेत्रमा उम्मेदवार बन्नुको रहस्य के हुनसक्छ ? बालेन काठमाडौ महानगरको मेयर हुँदा उनले मधेशी जनतामाथि गरेको व्यवहारले गर्दा उनी पहाडी मतदाता धेरे भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका हुन् । के बालेन प्रधानमन्त्री भए मधेशी जनतालाई के हुन्छ ? आन्तरिक औपनिवेशिककरण अन्त्य हुन्छ ? मधेशी जनतामाथिको भाषिक, सांस्कृतिक, उत्पीडनको अन्त्य हुन्छ ? मधेशको चरम गरिबी, महिलामाथिको हिसा, दलितमाथिको अत्याचार अन्त्य हुन्छ । मधेशमा हुने गरेको भ्रष्टाचाको अन्त्य हुन्छ ? मधेशमा गुणस्तरीय, शिक्षा, स्वार्थको सुनिश्चितता हुन्छ ?
बालेनले आफूँ मेयर हुँदा कहिल्यै पनि आफूलाई मधेशी पहिचानसँग जोड्न चाहेनन् । मेयर हुँदा साइकल, ठेलागढामा आश्रित मधेशी जनतामाथि क्रुर व्यवहार गरेका होइनन् ? काठमाडौमा कवाडी संकलकहरुमाथि उनले गरेको व्यवहारलाई के मधेशी जनताले माफ गर्न सक्छन् ? तर उनी हालै जनकपुरमा पुगे आफूलाई मधेशीको रुपमा उभ्याउँदै मैथिली भाषामा भाषण गरे त्यो मधेशी जनतालाई झुक्याउने खेलमात्र थियो । उनी साँच्चिकै मधेशी जनताको हितमा रहथ्यो भने किन उनले आफ्नो थर साह लेख्न सकेनन् र शाह लेख्न थाले यसको जवाफ साहले मधेशी जनतालाई किन दिनु नपर्ने ?
भाद्र २३ र २४ गतेको घटनाका घटनाकार को हुन् ? भन्ने रहस्य विस्तारै खुल्दै जाला तर अहिलेसम्मको अवस्था हेर्दासाह समेत घटनाका घटनाकार हुन् भन्न सकिने अवस्था देखिन्छ । उनले २३ गते पछि भाद्र २७ गते रातीसम्म लेखेका फेसबुक स्टाटसले नै प्रष्ट हुन्छ साह नै घटनाकार हुन भनेर जब केपी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिए त्यसपछि उनले जेननजीहरुलाई नेपाली सेनाका प्रधान सेनापतिसँग वार्ता गर भन्ने स्टाटस लेखेपछि जेननजीहरुको एक समूहले वार्ता ग¥यौ । सुदन गुरुङमार्फत साहले नै प्रधानमन्त्रीमा सुशिला कार्कीलाई नियुक्ति गर्नुपर्ने दवाव दिए भने कार्की सरकारका मन्त्रीहरु समेत साहकै सिफारिसमा नियुक्त भए आफ्नो कानुनी सल्लाहकार ओम प्रकाश अर्याललाई गृहमन्त्री बनाउन सफलल भए ।
यी सबै तथ्यहरु र प्रकरणहरुले नै प्रष्ट हुन्छ साहको महत्वकांक्षा कति बढी रहेको रहेछ भनेर । काठमाडौबासीले साहलाई विश्वास गरेर मेयरमा मतदान गरी विजयी गराएका थिए तर उनले आफू निर्वाचित भएपछि आफ्ना मतदाताहरुसँग कहिले भेट गरेनन् अर्थात भेट गर्न चाहेनन् । कुनै अँध्यारो कोठामा बसेर गाजाँको सुरुमा आदेश मात्र दिने गरेका साहलाई झापा ५ का जनताले निर्वाचित गराएको खण्डमा त्यसको पाप सम्पूर्ण नेपाली जनताले भोग्नुपर्ने निश्चित जस्तै रहेको छ । अहिले काठमाडौ महानगरबासीहरुले साहलाई मतदान गरेर जिताएकोमा पछुताउनु बाहेक अन्य कुनै विकल्प देखिएको छैन । महानगरको विकास साहभन्दा पहलिोकै मेयरको पालमा सुरु भएको हो । मेयर साहले महानगरबासीहरुले दिएको विश्वासलाई घात गरेका र राष्ट्रका महत्वपूर्ण सम्पदाहरु जलाउने कार्य हुँदा समेत काठमाडौ महानगरमा भएका दमकल प्रयोग गर्न नदिनुले प्रष्ट हुन्छ । साह निर्माणमा होइन जलाउने र भत्काउनै आएका हुन् भन्ने हामीले ठानेका छौँ ।































