ओलीको राष्ट्रवाद रास्वपालाई नपच्ने
वि.सं.२०८२ माघ २९ बिहीवार १२:२१
shares

काठमाडौ । परिवर्तनका मुद्दालाई संस्थागत गर्ने एउटा माध्यम निर्वाचन नै हो तर पछिल्लो समयमा देखिएको राजनीतिक दलहरुको चरित्र हेर्दा यस पटकको निर्वाचनले पनि सकारात्मक परिणाम दिन सक्ने सम्भावना न्यून देखिएको छ । के यो निर्वाचन जेननजी आन्दोलन पछिको संक्रमणकाल पार लगाउन र त्यसबेला उठेका परिवर्तनका मुद्दाहरु संस्थागत गर्न सफल होला त ?
अहिले प्रारम्भिक चुनावी दृष्य हेर्दा सुखद परिणाम देखिँदैन । यस पटकको चुनावी प्रतिस्पर्धा मुख्य मैदान सडक घरदैला अथवा मास मिटिङहरु भन्दाा बढी प्रविधिमार्फत हुने देखिएको छ । तथ्य, सत्य र झुठा सूचनाबीचको महासंग्राम हुँदैछ यो चुनाव । केही गर्छु भन्नेहरु हुटहुटी र भिजन भएकाहरु र अनि प्रियतावादको घुम्टो ओडेर अवसर छोप्नेहरु समेत निर्वाचनमा कस्सिएका छन् । तिनीहरुबीचमै यो पटकको निर्वाचन हुने भएको छ । त्यस कारणले गर्दा एउटा सामान्य मतदातालाई सही र गलत छुट्याउन नसक्ने अवस्था देखिएको छ ।
एकातिर पुराना भनिएका राजनीतिक दलहरु केही सुधारिएर आएका छन् भने केहीले जनतामा आशा समेत जगाएका छन् । मुलुक अप्ठ्यारो अवस्थामा पर्दा र राष्ट्र, राष्ट्रियता र विदेशीहरुको दबदवालाई निस्तेज पार्ने कार्यमा सक्रिय भएका व्यक्तिहरुलाई जसरी पनि निर्वाचनमा पराजित गर्नुपर्ने भन्दै उनीहरुमाथि गालीको वर्षा बर्साउनेहरु समेत अहिले राजनीतिको नाममा जनतामा भाँडभैलो मच्चाउन उम्मेदवार बनेको छ । त्यसको नेतृत्व रास्वपाले गरेको छ । रास्वपाका सभापति विभिन्न सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा संलग्न रहेको भन्दै अदालतको आदेशमा जेलमा रहेका थिए । भाद्र २४ गते उनलाई भिडतन्त्रले जेलमुक्त गराएर प्रधानमन्त्री बनाउनुपर्ने उदघोष गरे ।
भाद्र २४ गते सिंहदरबार, सर्बोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन लगायत धेरै सरकारी भवनहरुमा आगजनी गरियो । त्यसरी आगजनी गर्नेहरु सबै अहिले रास्वपाका उम्मेदवार रहेका र सिंहदरबारमा आगो लगाईदिन्छु भन्ने स्टाटस लेखेका बालेन साह समेत रास्वपामा प्रवेश गरेर रास्वपाको वरिष्ठ नेता हुँदै झापा ५ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार बनेका छन् । उनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
बालेन काठमाडौ महानगरका मेयर रहेका र उनी झापा ५ बाटै निर्वाचन लड्ने उद्घोष गर्नुको पछाडिको रहस्य के थियो ? बालेनले एमाले अध्यक्ष केपी ओली निर्वाचन लड्दै आएको क्षेत्रमै निर्वाचन लड्न जानुको रहस्य के हुन सक्छ ? यो त विस्तारै खुल्दै जाला तर रास्वपाले उम्मेदवार बनाएका ६० प्रतिशत भन्दा बढी व्यक्तिहरु भाद्र २३ र २४ गतेको आन्दोलनमा सरिक भएका व्यक्तिहरु हुन् र उनीहरुको वितण्डलाई जनताले देखेको हुनाले अहिले त्यसलाई ढाकछोप गर्न उनीहरु केपी ओलीप्रति गोली गलौजमा उत्रिएका छन् । त्यसैले प्रष्ट हुन्छ केपी ओली सच्चा देशभक्त रहेछन् भनेर ।




































