निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रविले सार्वजनिक गरे ५ बुदेँ नागरीक करार पत्र , पुरा नभए सजाँय भोग्न तयार फेरी अर्को झुठ

1.01K
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग करार भन्दै पाँचबुँदे पत्र सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् लामिछानेले आगामी राजनीतिक कार्यदिशाका लागि जनतासँग ‘नागरिक करार’ सार्वजनिक गरेका हुन् ।

विगतमा राजनीतिक दलहरूले गरेका बाचा पूरा नहुँदा त्यसको प्रत्यक्ष असर जनताले भोग्नुपरेको उल्लेख गर्दै लामिछानेले यसपटक आफूहरूले केवल बाचा मात्र नभई प्रतिज्ञाको करार गर्न लागेको बताएका छन् । उनले लेखेका छन्, ‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले नै भोग्नुपर्‍यो निरन्तर । हामी पूरा नहुने बाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौं ।’

करार अनुसार यदि रास्वपाले एकल बहुमत पाएको अवस्थामा ५ वर्षभित्र यी बुँदाहरू कार्यान्वयन गर्न नसकेमा पार्टीका प्रतिनिधिहरूले राजनीतिक नैतिकता र पदबाट राजीनामा दिने र अर्कोपटक निर्वाचनमा सजाय भोग्न तयार रहेको उल्लेख गरिएको छ।करार पत्रमा भनिएको छ, ‘काबु बाहिरको परिस्थितिबाहेक हामी पुरा गर्न नसकिने बाचा बाँध्दैनौँ, बरू तपाईंहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौं ।’ रास्वपाले यसलाई ऋणी (पार्टी) र साहु (जनता) बीचको एक कानुनी र नैतिक दस्तावेजको रूपमा व्याख्या गरेको छ।

सभापति लामिछानेले यस कार्यक्रमको विस्तृत खाका आगामी फागुन ७ गते कर्णालीबाट सार्वजनिक गर्ने जानकारी समेत दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports