निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जेन जीहरूको विरोध प्रदर्शनमा घुसेर अपराधीहरूले देश जलाए : अध्यक्ष ओली

247
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको आन्दोलनमा भएको आगजनी जेनजीले नभई अपराधीहरूले गरेको बताएका छन् ।

आज झापास्थित दमक नगरपालिका-२ मा नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘जेनजी एउटा उमेर समूह हो । यो समूहका युवा पुस्ताको आन्दोलनमा घुसेर गरेर अपराधीले मुलुक जलाएका हुन् । शिक्षक, विद्यार्थीले देश जलाएका होइनन्’ ओलीले भने ।

केही महिनाअघि भएको शिक्षकहरूको आन्दोलन र मागका विषयमा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रयास गरेको बताए ।‘शिक्षकहरुको संयुक्त आन्दोलनमा विभिन्न आस्थाका आधारममा फरक-फरक माग दृष्टिकोणबाट आएको थियो । जुन सहज रुपमा आएन । शिक्षहरुका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई नै जिम्मा दिइएको थियो,’ उनले भने, ‘आन्दोलनमा काँग्रेस र माओवादी विचारमा आवद्ध शिक्षकहरुले लगातार सरकार र प्रधानमन्त्रीको मात्र विरोध गरिरहेकाले आन्दोलनले सही निकास दिन सकेन ।’

ओली चार दिन काठमाडौं बसेर आजै झापा (निर्वाचन क्षेत्र) फर्किएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports