निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दमकको टावर दमकको पहिचान हो नबुझ्नेहरूले विरोध गरेका हुन : अध्यक्ष ओली

572
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमकमा बनेको टावरलाई नबुझ्नेहरूले विरोध गरेको बताएका छन् ।

झापा-५ मा चुनावी घरदैलोको क्रममा सोमबार ओलीले यस्तो बताएका हुन् ।झापा-५ का उम्मेदवार समेत रहेका ओलीले दमकमा बनेको टावर भ्यूटावर नभएर एउटा बिजनेस कम्प्लेक्स भएको बताए ।

उक्त बिजनेस कम्प्लेक्सलाई नयाँ खालको आईटी हबको रूपमा विकास गर्ने सोच अनुसार अगाडि बढाएको उनले बताए । तर नबुझ्ने मान्छेहरूले यो किन चाहियो भनेर विरोध गर्ने गरेको उनको भनाइ छ ।उनले भने, ‘भ्यूटावर भन्छन् । यो वास्तवमा भ्यूटावर नै होइन । यो एउटा बिजनेस कम्प्लेक्स हो । नयाँ खालको आईटी हबको रूपमा यसलाई विकास गर्ने सोचअनुसार अगाडि बढाएका हौं । त्यो कुरा चाहिँ नबुझ्ने मान्छेहरूले किन चाहियो भन्छन् । यो एकजना परिवार वा म गएर बसोबास गर्न बनाएको त होइन नि । यो ठाउँको विकास गर्नलाई बनाएको हो ।’

उनले अगाडि भने, ‘भविष्यमा दमक चिनिने भनेको यही टावरको कारण हो । यो दमकको पहिचान हो, दमकको विकासको एउटा झन्डा हो ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports