सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतका ९ जना प्राध्यापकलाई ‘नई प्रज्ञा पुरस्कार ‘ प्रदान गरिने

1.51K
shares

काठमाडौँ- नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उचाइ अभिवृद्धिमा विशिष्ट योगदान पुर्‍याएको भन्दै भारतका नौ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ।

पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ। यसवर्ष सम्मानित हुने प्राध्यापकहरूमा प्रा.डा. कविता लामा, प्रा.डा. कृष्णराज घतानी, डा. टेकबहादुर छेत्री, प्रा.डा. दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्रा.डा. पुष्प शर्मा, डा. राजकुमार क्षेत्री, प्रा.डा. सञ्जय राई तथा डा. अरुणा राई (संयुक्त) रहेका छन्।

नइ एकेडेमीकी कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।एकेडेमीका अनुसार, २०८२ चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) आयोजना हुने ‘नेपाल-भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का अवसरमा ‘नइ प्रज्ञा पुरस्कार’ समर्पण गरिनेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports