राष्ट्र बैकको कारबाहीमा परे यि तिन बाणिज्य बैक
वि.सं.२०८२ फागुन ४ सोमवार १७:१४
shares

नेपाल राष्ट्र बैंकले तीनवटा वाणिज्य बैंकलाई कारबाही गरेको छ।
राष्ट्र बैंकले एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पहिलोपटक कारबाही गरेको जनाएको हो।
एनआईसी एसिया बैंकलाई निर्देशन उल्लंघन गरेको तथा भन्दै कारबाही गरेको छ। यसका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई जनही २ लाखका दरले नगद जरिवाना गराएको छ।अध्यक्ष र सीईओ दुवै हाल बैंकबाट राजीनामा दिएर बाहिरिसकेका छन्। यस्तै राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई भने पर्याप्त कर्जा नोक्सानी व्यवस्थापन कायम नगरेको, कोर बैकिङ सफट्वेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेट राखी पुनः सिर्जना गर्न सक्ने अवस्था भेटेको भन्दै काराबाही गरेको हो।
बैंकका सीईओलाई समेत एक पटक चेतावनी मात्रै दिएर छोडेको राष्ट्र बैंकले जनाएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई भने राष्ट्र बैंकको निर्देशनको पूर्ण अनुपालना नगरी कर्जाको सुरक्षण नहुने किसिमले कर्जासँग सम्बन्धित कागजातहरुमा ग्राहकको सही छाप नगराई तथा सुरक्षणले खामेको भन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकृतिका कर्जाहरुको ब्याजदर अन्तर २ प्रतिशत विन्दुभन्दा बढीले कायम गरेको तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ पालना नगरेको भन्दै पहिलोपटकलाई सचेत मात्रै गराएर छोडेको छ।





































