झापा – ५ का रास्वपाका क्षेत्रीय परिषद सदस्य खनाल एमालेमा प्रवेश
वि.सं.२०८२ फागुन ४ सोमवार १७:१५
shares

काठमाडौं । झापा निर्वाचन क्षेत्र नं ५ मा रास्वपा नेतासहित विभिन्न दलमा आवद्ध युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे ।सोमबार निर्वाचन क्षेत्र अन्तर्गतको दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँगको भेटघाटका लागि पुगेका ओलीले दमक फनपार्कमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का क्षेत्रीय प्रतिनिधी परिषद सदस्य भरत खनालसहित विभिन्न युवाहरुलाई एमालेमा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्ने युवाहरुले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताएका छन् ।आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहेका एमाले अध्यक्ष ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिका भित्रका विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।





































