निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसले भोली ६ गते मधेस प्रदेशबाट आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्ने, रास्वपाले भने ७ गते कर्णाली प्रदेशको सुर्खेतबाट घोषणापत्र सार्वजनिक गर्ने

403
shares

काठमाडौँ । विगतमा राजधानी केन्द्रित भएर चुनावी घोषणापत्र सार्वजनिक गर्दै आएका राजनीतिक दलहरू यो पटक विकेन्द्रित हुने भएका छन् ।

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने कतिपय प्रमुख राजनीतिक दलले अझैसम्म आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् । निर्वाचन आयोगले यही फागुन ३ गतेभित्र आ–आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्न दिएको समयलाई ठुला भनिने राजनीतिक दलले नै बेवास्ता गरेका छन् ।

प्रमुख र ठुला भनिएका राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपाजस्ता राजनीतिक दल र तिनका उम्मेदवारहरूले अहिलेसम्म पनि घोषणापत्रविनै चुनावी अभियानअन्र्तगत मतदाता भेटघाट र घरदैलो गरिरहेका छन् ।नेपाली कांग्रेसले यही फागुन ६ गते मधेस प्रदेशको धनुषाबाट आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ । त्यस्तै, अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन ७ गते कर्णालीको सुर्खेतबाट आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने जनाएको छ ।

तर नेकपा एमालेले भने अहिलेसम्म घोषणापत्र सार्वजनिक गर्ने मिति खुलाइसकेकोे छैन ।नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन ६ गते जनकपुरमा हुने आमसभामा चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए । कांग्रेस सभापति गगन थापासहित नेताहरूको सहभागितामा हुने चुनावी सभामा घोषणापत्र सार्वजनिक गरिने उनको भनाइ छ ।कांग्रेसले ‘भिजन १०’ को थिममा प्रतिज्ञापत्रको नाम दिएर घोषणा पत्र तयार पारेको जनाएको छ । कांग्रेस सभापति गगन थापा यो चुनावमा मधेस प्रदेशको सर्लाही निर्वाचन क्षेत्रनम्बर ४ बाट उम्मेदवार बनेका छन् । त्यसैले पनि कांग्रेसले यो पटक मधेसलाई महत्त्व दिएको हुनसक्ने बताइएको छ ।

‘चुनावमा बाचा त धेरैले धेरैपटक गरे । तर, पूरा नगरेको परिणाम उनीहरूले होइन, जनताले भोग्नु पर्‍यो । हामी पूरा नहुने बाचा होइन, जनतासँग प्रतिज्ञाको करार गर्दैछौँ’, रास्वपा नेतृ प्रतिभा रावलले भनिन्, ‘हामी फागुन ७ गते कर्णालीको सुर्खेतबाट विस्तृत घोषणापत्र सार्वजनिक गर्छौं ।’नेतृ रावलका अनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहसहित पार्टीका शीर्ष नेताको उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको हो । कर्णालीबाट घोषणापत्र सार्वजनिक गर्न लाग्नुमा पार्टीले उक्त प्रदेशलाई विशेष प्राथमिकता दिएको अर्थमा बुझ्नुपर्ने रावलको भनाइ छ ।

अर्को दल नेकपा एमालेले भने घोषणापत्र सार्वजनिक गर्ने समयसमेत निर्धारण गरिसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली झापाको निर्वाचनमा व्यस्त भएकाले उनी काठमाडौँ फर्केपछि घोषणापत्र सार्वजनिक गर्ने तयारी भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।‘तयारी भइरहेको छ । फागुन ६ गते अध्यक्ष काठमाडौँ फर्कने कार्यक्रम छ । सम्भवतः ७ गते हुनसक्छ । त्योभन्दा अघि उहाँ फर्कनुभयो भने अघि नै पनि हुन सक्छ’, अधिकारीले भने, ‘स्थानचाहिँ अहिलेसम्मका लागि काठमाडौँ नै हुने कुरा छ ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जसपा नेपाल, जसपा, राप्रपा, उज्यालो नेपाल, श्रम संस्कृति, नेपाल मजदुर किसान पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)लगायतका पार्टीले भने चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports