आज चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओली
वि.सं.२०८२ फागुन ५ मंगलवार १२:२६
shares

झापा । नेकपा (एमाले)का अध्यक्ष एवं झापा–५ का उम्मेदवार केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैछन् । निर्वाचन प्रचारका क्रममा रहेका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक–९ स्थित अमरसिंह चोकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेका हुन् ।
ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार प्रतिवद्धता पत्रमा अध्यक्ष ओलीले आफू विजयी भएपछि यस क्षेत्रमा गर्ने कामको फेहरिस्त उल्लेख गरिएको छ । प्रतिवद्धता पत्रमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका राम्रा कामको पृष्ठभूमी, सरकारले थालेका तर अपुरा रहेका योजनाहरुको विस्तृत विवरण समेटिएको दाहालले जानकारी दिए ।
अमरसिंह चोकमा आयोजना गरिएको चुनाव प्रचार कार्यक्रममा नै प्रतिवद्धता पत्र सार्वजनिक गरिने दाहालले जानकारी दिए । अध्यक्ष ओलीले आज दमक–३ स्थित दुम्से, टुकुरेमा प्रचारप्रसारको कार्यक्रम रहेको छ ।
दमक–८ स्थित संगम चोक, कृष्ण मन्दिर, धनपती मैनालीको घर हुँदै दमक–१० स्थित सूर्य चोकमा पनि प्रचारप्रसारको कार्यक्रम रहेको छ ।






































