निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओलीद्धारा ईन्द्रेणी तालमा मोटरबोटमा सयर

221
shares

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दमक १० को ईन्द्रेणी तालमा पुगेर मोटरबोट सयर गरेका छन् ।

आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहनु भएका पूर्वप्रधानमन्त्री ओली दमकका विभिन्न टोलमा पुगेर मतदातासँग भेट गर्ने क्रममा दमक १० पुगेका हुन् । त्यस क्रममा उनले अन्य यात्रुहरुसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका थिए ।त्यस क्रममा महिलाहरु संगठित रहेको बुहारी समुहले भेट गरि नेकपा एमाले तथा अध्यक्ष ओलीलाई जिताउन क्रियाशील हुने बताएको थियो ।

दमकको दक्षिणी भेगमा रहेको सो ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रयास स्वरुप केहि समय अघिदेखि सो मोटरबोट सञ्चालनमा आएको हो ।सो वडाले पूर्वतर्फ कमल गाउँपालिका र गौरादह नगरपालिकालाई छोएको छ भने पश्चिमतर्फ मोरङ्को उर्लाबारी र रतुवामाई नगरपालिका पर्दछ ।

ओलीकै पहलमा दुवै तर्फ जाने स्थानमा रतुवा र मावा खोलामा पक्कि पुल बनेका छन् । दुवै तर्फका मोटरेवल पुलका कारण सर्वसाधारणको दैनिकी सहज मात्र भएको छैन कृषि उपजको बजारीकरण गर्न, स्वास्थ्य सेवा लिन र स्वरोजगारीका विकल्पहरु पहिचान गर्न पनि सहज भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports