निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु सक्रिय हुँदै गएका छन् । यस...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

झापा निर्वाचन क्षेत्र- ५ लागि अध्यक्ष ओलीले सार्वजनिक गरे ४२ बुँदे प्रतिबद्धता पत्र

247
shares

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा नम्बर ५ केन्द्रित ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षालाई मूल मन्त्र बनाइएको उक्त प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियता र भौतिक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।राजनीतिक स्थायित्व र पपुलिजमको विरोध
प्रति प्रतिबद्धता पत्रमा एमालेले आफूलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार दाबी गर्दै राजनीतिक अस्थिरताका कारण मुलुकले क्षति बेहोर्नुपरेको उल्लेख गरेको छ । विशेष गरी पछिल्लो समय राजनीतिमा देखिएको ‘स्टन्टबाजी’ र ‘पपुलिस्ट’ चरित्रले सर्वसाधारणमा भ्रम पैदा गरेको एमालेको ठहर छ ।

सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग गरी फैलाइएका तथ्यहीन कुराहरूलाई चिर्दै अधुरा कामहरू पूरा गर्ने जिम्मेवारी एमालेले लिने प्रतिबद्धता व्यक्त गरे । 
अध्यक्ष ओलीले सुशासनलाई लोकतन्त्रको सुन्दरता भन्दै भ्रष्टाचार नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाइने बताएका छन् ।यस्तै, नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भू–जडित’ मुलुक बनाउन छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिमार्फत कूटनीतिक पहल गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको ।यस्तै प्रतिबद्धता पत्रमा विगतको एमाले सरकारले सुरु गरेका तर हाल रोकिएका विकास आयोजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउने संकल्प गरिएको छ ।

दमक सभाहल सञ्चालन, आदिवासी सङ्ग्रहालय निर्माण र प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यलाई एमालेले आफ्नो मुख्य एजेण्डा बनाएको छ ।अध्यक्ष ओलीले झापा–५ का मतदातालाई आफ्नो अमूल्य मत दिई विजयी गराउन अपील गर्दै निर्वाचित भएपछि यी ४२ वटै बुँदाहरूलाई कार्यान्वयनको चरणमा लैजाने दृढता व्यक्त गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports