विश्वका कुनै पनि लोकतान्त्रिक सरकारले आफैँले सञ्चारमाध्यम सञ्चालन गर्ने गरेको छैन । नेपालमा...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

उपसभामुखमा रूबीकुमारी निर्वाचित

351
shares

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन्।

आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन्। रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो।एमालेले कसैलाई मतदान गरेन। एमालेका २५ सांसद छन् तर तटस्थमा ३७ मत खस्यो।

नेपालकै कम उमेरकी उपसभामुख बनेकी २५ वर्षकी रुबीकुमारी अहिलेको संसदकै कान्छी सदस्य पनि हुन् । श्रम संस्कृति पार्टीले उनलाई मधेसी महिला कोटामा समानुपातिकको बन्दसूचीमा राखेको थियो ।

धनुषाको सामान्य परिवारमा जन्मिएकी रुबीकुमारीसँग कुनै पनि राजनीतिक पृष्ठभूमि थिएन । उनको काँधमा ४ बहिनी र २ भाइको जिम्मेवारी थियो । रुबीका बाबु सोगराथ ठाकुर अहिले पनि वैदेशिक रोजगारीका लागि साउदीअरबमा छन् । आमा रेणु गृहणी हुन् ।

दुई विघा जमिन अधियाँमा लिएर गरेको खेति र बुवाले पठाउने रेमिट्यान्सबाट रुबीको परिवार चलेको छ । रुबीले २७४ सालमा एसईई उत्तिर्ण गरेपश्चात धनुषाकै बलरा पोलिटेक्निकबाट ३ वर्षे डिप्लोमा (इन्जिनियरिङ) अध्ययन पूरा गरेकी छन् । सांसद बन्नुअघिसम्म उनी वस्तु आर्किटेक्चर कन्सल्टेन्सीमा काम गर्थिन् र मासिक २० हजारजति कमाउँथिन् ।

चुनावी अभियानका क्रममा हर्क साम्पाङ धनुषा पुग्दा पहिलो पटक रुबीले उनलाई भेटेकी थिइन् । साम्पाङबाट प्रभावित बनेर उनी श्रम संस्कृति पार्टीको चुनाव प्रचारप्रसारमा हिँड्न थालिन् ।त्यसै वापत पार्टीले उनलाई मधेसी महिला क्लस्टरबाट समानुपातिकमा सिफारिस गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports