तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाबाट ग्रिनकार्डधारी २ जना सहित थप ४८ जना नेपाली डिपोर्ट

780
shares

काठमाडौं । अमेरिकी सरकारले थप ४८ जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । अमेरिकाले हालै चार्टर्ड उडानमार्फत उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । उनीहरु सबै पुरुष रहेका छन् ।

सोमबार डिपोर्ट गरिएकामध्ये २ जना ग्रिनकार्डवाहक रहेको अध्यागमन विभाग स्रोतले जनाएको छ । तीमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का व्यक्तिको डिपोर्ट हुनुको कारण खुलेको छैन ।

त्यस्तै, डिपोर्ट भएकामध्ये २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्ट समेत नभएको पाइएको बताइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् ।

 

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports