संसदीय सुनुवाइ समिति १२ सदस्यमा को-को अटाए ?
वि.सं.२०८२ चैत २८ शनिवार ०८:१६
shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनवाइ समिति गठनको घोषणा गरेका छन् ।
उनले प्रस्ताव गरेका १२ जनाको नामलाई प्रतिनिधिसभा वैठकले अनुमोदन गरेको छ ।
कांग्रेसका अर्जुन नरसिंह केसी, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेकपाका बर्षामान पुन लगायतलाई समितिमा समेटिएको छ ।
समितिमा समेटिएका सांसदहरु निम्नबमोजिम रहेका छन्ः
अर्जुननरसिंह केसी, कविन्द्र बुर्लाकोटी, गजला समिम मिकरानी, चन्दन कुमार सिंह, पद्मा कुमारी अर्याल, बोध नारायण श्रेष्ठ, भिष्मराज आङ्देम्बे, मधु चौलागाईं, रञ्जु दर्शना, राजीब खत्री, डा. लेखजंग कार्की, वर्षमान पुन रहेका छन् ।


































