विश्वका कुनै पनि लोकतान्त्रिक सरकारले आफैँले सञ्चारमाध्यम सञ्चालन गर्ने गरेको छैन । नेपालमा...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफ्ना सर्त पुरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने इरानको अडान कायमै

585
shares

काठमाडौँ । इरानले लेबनानमा युद्धविराम लागू नभएसम्म अमेरिकासँग वार्ता नगर्ने अडान लिएको छ ।

इरानका संसद अध्यक्ष मोहम्मद बाकर गालिबाफले लेबनानमा युद्धविराम वार्ताको मुख्य सर्त भएको स्पष्ट पारेका छन् । उनले युद्धविराम नभएसम्म कुनै पनि वार्ता अघि नबढाइने बताएका छन् ।गालिबाफले इरानका रोक्का गरिएका रकमसमेत फुकुवा गर्नुपर्ने माग अघि सारेका छन् ।

यो भनाइ अमेरिका र इरानबीच सम्भावित वार्ताको तयारी भइरहेका बेला आएको हो । दुवै पक्षबीच विभिन्न विषयमा अझै मतभेद कायम रहेको बताइएको छ ।इरानले लेबनानमा इजरायली आक्रमणको निरन्तर विरोध गर्दै आएको छ र सोही विषयलाई वार्तासँग जोड्दै कडा अडान कायम राखेको छ ।

यसअघि अमेरिका र इरानबीच बार्ताको पुरा तयारी पाकिस्तानको इस्लामावादमा भएको बताइएको थियो । अमेरिका र इजरायलले भने इरानसँगको युद्धविराममा लेबनानको युद्धविराम समावेश नभएको दाबि गर्दै आएका छन् ।यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता नभएमा वा सहमतिमा नपुगेमा अझ कडा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports