सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिजोको स्वार्थले आज हामी लुटिँदैछौँ

533
shares

२०४६ सालपछि मुलुकमा राजनीतिक परिवर्तन भयो । दलहरुले खुल्ला रुपमा राजनीति गर्न पाए । तर राजनीतिक दलहरुले राजनीतिका लागि मात्र राजनीति गरेका हुनाले लामो समयसम्म पनि जनताको जीवनस्तर बढ्न सकेको छैन । राजनीति गर्ने दलहरुले जनतालाई नै सर्बोसर्वा ठान्नुपर्नेमा आफूहरु मालिक र जनता नेताहरुका सेवक हुन् भन्ने भावना नेताहरुमा जागेको हुनाले जनताको जीवनस्तरमा सुधार आउन नसकेको साँचो वास्तविकता हो । राजनीतिक परिवर्तनपछि लाखौं नेपाली युवा युवतीहरु विदेशमा पसिना बगाईरहेका छन् । दिनहुँ हजारौं युवाहरु विदेशमा पसिना बगाउन खाडी मुलुक जाने गरेका हुनाले नेपाल युवाविहिन अवस्थामा पुग्ने सम्भावना बढ्दै गएपनि सरकारले उनीहरुलाई नेपालमै रोजगारी दिने कुनै व्यवस्था गर्न सकेको छैन । अहिले निर्माण कार्यमा र खेती गर्न समेत हामीले विदेशी जनशक्ति ल्याउनुपर्ने आवश्यकता देखिएको छ । मुलुकको यस्तो विकराल समस्यालाई कसरी समाधान गर्ने भन्नेमा सरकारले कुनै नीति ल्याउन नसकेको हुनाले अहिलेकै अवस्था कायम रहे अबको केही वर्षभित्रमै नेपाल केटाकेटी र बुढाबुढीहरुको देश भनेर विश्वमा चिनिन सक्छ ।

हाम्रा राजनीतिक दलका नेताहरुलाई कुर्सी र पावर भए पुग्ने भएको छ । दलका नेताहरुमा कुनै ठोस योजना र कार्यक्रम नै छैन । उनीहरु जसरी भएपनि सत्तामा पुग्ने खोलमा मात्र रमाउन थालेका छन् । सत्ताको दुरुपयोग गर्दै व्यक्तिगत स्वार्थ पूरा गर्नेतर्फ उनीहरु अग्रसर भएका हुनाले जनतामा विद्रोहको भावना बढ्ै गएको छ । जनताले संविधानले दिएका अधिकारहरु समेत प्रयोग गर्न पाएका छैनन् । संविधानले स्वास्थ्य शिक्षालाई नागरिकको मौलिक हक भनि स्वीकार गरेको छ तर व्यवहारमा त्यो लागू हुन सकिरहेको छैन । स्वास्थ्य र शिक्षा महंगो भएकाले सामान्य नागरिकले उपचार नै गर्न नपाएर मर्नुपर्ने अवस्था देखिएको छ । अर्कोतर्फ राजनीतिक दलका नेताहरु र उनका परिवारका सदस्यहरु राष्ट्रको ढुकुटीबाट पैसा लिएर विदेशका महंगा अस्पतालहरुमा उपचार गराउन गइरहेका छन् । आफ्नै देशमा ठुला ठुला अस्पतालहरु खोलेर स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउनुपर्नेमा उनीहरुको ध्यान जान नसकेको हुनाले जनताले भने सामान्य सिटामोलसम्म खान नपाएर मर्नुपर्ने अवस्था सिर्जना भएको छ । यी सबै कारणहरुले गर्दा प्रमाणित हुन्छ राजनीतिक परिवर्तन जनताका लागि होइन, नेताहरुका लागि मात्र रहेछ भनेर ।

पछिल्लो समयमा भारतले हाम्रो भूभागलाई आफ्नो राजनीतिक नक्साभित्र राखेर नक्सा प्रकाशित गरेपछि त्यसको विरोध भएको छ । नेपालको भू भागलाई आफ्नो राजनीतिक नक्सामा राख्नु भारतको मिचाहा र हेपाहा प्रवृत्ति भएकाले त्यसको विरोध गर्नु प्रत्येक नेपाली जनताको कर्तव्य र दायित्व हो तर त्यसको विरोध गर्दा सरकारले विरोध गर्ने जनता माथि लाठी प्रहार गरेर आफ्नो सक्कली अनुहार देखाँउदै आएको छ । सरकारले संसदमा पेश गरेका र गर्न तयारी गरेको केही विधेयकहरु नेपाली जनताको भावना विपरितका रहेका छन् । नेपाली नागरिकले पाएका हक अधिकारहरुमाथि बन्देज लगाउन खोज्नु भनेको सरकारको स्वेच्छाचारिता बाहेक अन्य केही हुन सक्दैन । स्वच्छाचारिताको अर्को रुप भनेको निरकुशता नै हो तर, प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार निरंकुशता भन्ने शब्द नै सुन्न चाहँदैन । सरसर्ती हेर्दा त्यो स्वाभाविक भएपनि सरकारले त्यस्तो प्रकारको काम गर्ने प्रवृत्तिको विकास भएको छ । सरकारले संसदमा पेश गरेका कतिपय विधेयकहरुको जनस्तरबाटै विरोध भएको छ । जस्तै गुठी विधेयक, सञ्चारसम्बन्धी विधेयक पनि त्यसैभित्र पर्दछन् । पछिल्लो समयमा सरकारले ल्याउन लागेको निजामति ऐनमा पूर्व राष्ट्रसेवकहरुले पाइरहेका पेन्सन लगायतका अन्य सुविधा खोस्न सक्ने अवधारणा अघि सार्नु भनेको राष्ट्रहितका लागि बोल्न पाउने र लेख्न पाउने अधिकार खोस्नु हो । संविधानले नै बोल्न, लेख्न पाउने अधिकार दिएको छ । संविधानले दिएको अधिकार ऐन, कानुन बनाएर सरकारले खोस्न सक्दैन, पाउँदैन ।

अहिले सम्पूर्ण नेपाली नगारिक एक भएर भारतले आफ्नो राजनीतिक नक्सामा हाम्रो भू भाग राखेको हुनाले त्यसको विरोध गर्दै आफ्नो भूभागलाई सुरक्षित राख्नु हाम्रो पहिलो दायित्व र कर्तव्य हो । त्यो कर्तव्यका लागि अब सम्पूर्ण नेपाली जनता एक भएर त्यसको विरोध गर्दैपर्छ । हामीले सरकारलाई भनिरहेका छौँ, सरकार कुटनीतिक र राजनीतिक दुवै तवरले त्यो समस्याको समाधानमा लागोस् । सत्ताको मायाँ गरेर नेपालको भू भाग गुमाउन दिनु हुँदैन । भारतले नेपाली जनतालाई जति दुःख कष्ट दिएपनि त्यही भारतलाई हामीहरु अनन्य मित्र ठानिरहेका छौँ । हाम्रा राजनीतिक दलहरुमा भारतलाई गुरु मान्ने र जनताका भावनालाई दबाउन खोज्ने प्रवृत्तिको विकास भएकाले भारतले हामीलाई हेप्दै आएको छ । अर्कोतर्फ नेपालको राजनीतिक परिवर्तनका लागि हाम्रा राजनीतिक दलहरु र नेताहरुले भारतको सहयोग लिएका हुनाले अहिले भारतले त्यसको साँवा व्याज उठाउन खोजिरहेको छ । खासगरी २०४६ सालको राजनीतिक परिवर्तन र २०६२÷०६३ को आन्दोलनमा भारतको ठाडो हस्तक्षेप हाम्रा राजनीतिक दलका नेताहरुले नै गराएको हुनाले उसको मनोबल बढेको सत्य वास्तविकता हो । नेपालमा राजसंस्था रहेसम्म आफ्नो स्वार्थ पूरा गर्न नसकिने आंकलन गरेर भारतले नेपालका राजनीतिक दलका नेताहरुलाई खेलाउँदै आएको थियो । त्यही कारण भारतीय स्वार्थ कै लागि नेपालबाट राजसंस्थाको उन्मुल्न गरियो भने झण्डै ९० प्रतिशत नेपाली जनताले हिन्दुधर्म स्वीकार गरिरहेको अवस्थामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो ।

जुन दिन नेपालबाट राजसंस्था उन्मूलन गर्ने र नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्ने निर्णय गरियो त्यही दिनबाट भारतले एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि हस्तक्षेपकारी भूमिका खेलेको प्रष्ट भएको छ । हाम्रा राजनीतिक दल र तिनका नेताहरुले आफ्नो मातृभूमिको रक्षाका लागि आफ्नो अडान कायम राख्न नसकेको खण्डमा भारतले आफ्नो नक्सामा राखेको भू भागलाई सहज रुपमा फिर्ता गर्ला भन्न सकिने आधारहरु नदेखिएको हुनाले अब सरकारले कुटनीतिक र राजनीतिक तबरमै त्यो सहित अन्य लुटिएको भू भाग फिर्ता ल्याउन सक्नुपर्दछ । राष्ट्रवादको नारा दिएर मात्र भूमिको रक्षा हुन सक्दैन त्यसैले ओली सरकारले अविलम्ब आफ्नो भूमि फिर्ता ल्याउन आवश्यक पहल थालोस् भन्ने हामी चाहान्छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports