linktrix Long Ad
Salt Trading Long Ad

विभिन्न ८ विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिनेहरूको नामवली प्रकाशित

494
shares

विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले आठ विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०६३’ बमोजिम त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उपकुलपति पदका लागि दरखास्त दिएका उम्मेदवारमध्ये अल्पसूचीमा परेका नामावली प्रकाशन गरिएको हो।

सिफारिस समितिको २०८३ असार २२ गतेको निर्णयअनुसार अल्पसूचीमा समावेश उम्मेदवारहरूको नामावली वर्णानुक्रममा सार्वजनिक गरिएको समितिले जनाएको छ। समितिले अल्पसूचीमा परेका उम्मेदवारका सम्बन्धमा सर्वसाधारणबाट राय तथा सुझावसमेत माग गरेको छ।त्रिभुवन विश्वविद्यालयका लागि अमर प्रसाद यादव, कवि प्रसाद पोखेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, ताराप्रसाद भुसाल, दुर्गादत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र रामप्रसाद रेग्मी अल्पसूचीमा परेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयका लागि किशनदत्त भट्ट, खेमराज जोशी, चेतराज भट्ट, जगतकृष्ण पोखरेल, डमरुचन्द्र भट्ट, पद्मराज जोशी, महेशकुमार जोशी, राजेन्द्र जोशी, रामप्रसाद घिमिरे र विष्णुविलास अधिकारीको नाम अल्पसूचीमा समावेश गरिएको छ।पूर्वाञ्चल विश्वविद्यालयका लागि अजय भट्टराई, अनिलकुमार पोखरेल, अशोककुमार झा, जनार्दन लामिछाने, दिलिप पराजुली, देवेन्द्र अधिकारी, नरेन्द्र कटुवाल, माधव लम्साल, बिजुकुमार थपलिया र सुजनबाबु मरहट्टा छनोट भएका छन्।

मध्यपश्चिम विश्वविद्यालयका लागि कल्याणी मिश्र त्रिपाठी, कवि प्रसाद पोखेल, चन्द्रप्रसाद रिजाल, देवबहादुर खड्का, नन्दबहादुर सिंह, पन्ना थापा, राजन सुवाल, लक्ष्मण ज्ञवाली, सरोज कोइराला र सुशीलकुमार शाही अल्पसूचीमा परेका छन्।पोखरा विश्वविद्यालयका लागि चेतराज भट्ट, ज्ञानेश्वर शर्मा, दीपकबहादुर भण्डारी, दिलिप पराजुली, देवेन्द्र अधिकारी, निर्मला जमरकट्टेल, विजयसिंह सिजापती, वीरबहादुर खनाल क्षेत्री, सरोज कोइराला र सुजनबाबु मरहट्टा सिफारिसको प्रारम्भिक सूचीमा परेका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि अर्जुनकुमार श्रेष्ठ, ऋषिराम कट्टेल, कल्याणी मिश्र त्रिपाठी, कालिकाबहादुर अधिकारी, पुष्करबहादुर पाल, बलरामकुमार भट्ट, लालप्रसाद अम्गाई, विमलकुमार लाल कर्ण, विष्णुविलास अधिकारी र होमबहादुर बस्नेत अल्पसूचीमा समावेश छन्।राजर्षि जनक विश्वविद्यालयका लागि अमर प्रसाद यादव, अशोककुमार झा, नन्दकिशोर साह, नरेन्द्र कटुवाल, राजनारायण यादव, रासबिहारी महतो, वसन्तकुमार कर्ण, विमलकुमार लाल कर्ण, श्यामकिशोर महतो र श्यामनारायण लाभको नाम सार्वजनिक गरिएको छ।

यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि चन्द्रकला घिमिरे, तिलकराम आचार्य, दीपकप्रसाद आचार्य, फणीन्द्रकुमार न्यौपाने, यशोधरा भेटुवाल, शारदा पौडेल र सुरेन्द्रमान बज्राचार्य अल्पसूचीमा परेका छन्।सिफारिस समितिले अल्पसूचीमा रहेका उम्मेदवारका सम्बन्धमा इच्छुक व्यक्ति तथा सरोकारवालाले २०८३ जेठ २५ गतेभित्र उपलब्ध गराइएको विद्युतीय माध्यममार्फत राय तथा सुझाव पठाउन सक्ने जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports