गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ढोल बजाएर सीमा समस्या समाधान हुदैँन : सभापति लामिछाने

221
shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हल्ला गरेर, ढोल बजाएर सीमा समस्या समाधान नहुने बताएका छन् ।

५ दिन लामो भारत भ्रमणबाट स्वदेश फर्किएका लामिछाने त्रिभुवन विमानस्थलमा आफूले भ्रमणका क्रममा सीमा समस्या बारे पनि कुरा उठाएको र कूटनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा छलफल भएको बताएका हुन् ।उनले भने, ‘दुई देशबीचका कुनै पनि विषय कुटनीतिको माध्यमबाट, कुटनीतिक च्यानललाई एक्टिभ गराउनु सबैभन्दा महत्वपूर्ण हुन्छ । तीनको आवाज एकदमै हल्ला गरेजस्तो, ढोल बजाएर हुँदैन । ढोल नबजाइकन आफ्नो देशको कुराहरु चरणवद्ध तरिकाले गर्नुपर्छ,’ ।

उनले मित्रराष्ट्रका प्रतिनिधिहरूसँग भएका सबै बैठकमा नेपालका कार्यवाहक राजदूतको उपस्थिति रहेको उल्लेख गर्दै भ्रमणका क्रममा भएका छलफलहरू पूर्ण रूपमा पारदर्शी रहेको दाबी गरे।लामिछानेले नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको जानकारी दिँदै वार्ताका विभिन्न चरणमा प्रवेश गरिसकेको बताए। उनले विशेषगरी परम्परागत राजनीतिक संवादलाई अर्थराजनीतितर्फ केन्द्रित गर्दै विकास, लगानी, आर्थिक सहकार्य र साझा समृद्धिका विषयमा जोड दिएर छलफल गरिएको बताए।

उनले विकासको नीतिलाई आधार बनाएर दुवै देशबीच सहकार्यका सम्भावनाबारे सकारात्मक संवाद भएको उल्लेख गरे।उनले भने,‘धेरैजसो उच्च राजनीतिक भ्रमण बन्द कोठामा हुने के भयो कसो भयो नहुने । त्यस्तो परम्परा नभइकन । हामीले गरेको कुराकानीमा मित्रराष्ट्रका प्रतिनिधि पनि, मेरा सबै बैठकमा कार्यवहाक राजदुत नै उपस्थित हुनुहुन्थ्यो । पारदर्शी छलफल भएको छ । छलफलका विभिन्न चरणहरुमा हामी प्रवेश गरेका छौं । विशेषगरी राजनीतिलाई अलिकति अर्थराजनीतिमा परिणत गर्ने हामीले अवलम्बन गरेको हौं । विकासको नीतिलाई आधार मानेर हामीले छलफल गर्यौं ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports