नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाठेघर मुखको क्यान्सर विरुद्धक लगाइने २० हजार भाइल एचपीभी खोप नेपाल आइपुग्यो

702
shares

काठमाडौं । पाठेघर मुखको क्यान्सर विरुद्धक लगाइने एचपीभी खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार नेपालले खरिद गरेको २० हजार भाइल एचपीभी खोप मंगलबार नेपाल आइपुगेको हो । ‘२० हजार भाइल एचपीभी खोप आज नेपाल आइपुगेको छ । सरकारले पहिलो पटक खरिद गरेको उक्त खोप ९ देखि १४ वर्षका उमेर समूहका किशोरीलाई दिइने छ,’ डा. चौरासियाले भने, ‘अहिले पाइलट प्रोजेटको रूपमा लगाउने हो । कहाँ–कसरी लगाउने भन्ने बिषयमा छलफल चलिरहेको छ ।’

चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार नेपालमा एक लाख महिला मध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई न्यूनीकरण गर्नका लागि पहिलो पटक एचपीभी विरुद्धको खोप लगाउन लागेको हो । एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार खोप कार्यक्रम कहाँ सञ्चालन गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयलाई निर्देशनका लागि पत्र पठाएको र केही दिनभित्र निर्णय हुनेछ । महाशाखाका अनुसार ९ देखि १४ वर्ष उमेर समूहका बालिका १५ लाखको हाराहारीमा छन् । अहिले खरिद गर्न लागिएको २० हजार भाइल खोप १० हजार बालिकालाई दिन पुग्छ । खोप केही मात्रामा खेर जानसक्ने भएकाले ९ हजार हाराहारी बालिकालाई खोप दिन सकिने परिवार कल्याण महाशाखाको अनुमान छ ।

‘एचपीभी खोप हामीले विद्यालयस्तरमा सञ्चालन गर्छाैं’ परिवार कल्याण महाशाखाका प्रमुख डा. कर्ण भन्छन्, ‘पहिलो पटक खोप लगाउन लागिएकाले सुरक्षित छ भनेर अभिभावकलाई बुझाउन पनि जरूरी हुन्छ । त्यसका लागि स्थानीय तहसँग समन्वय गर्छौं ।’ नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । चिकित्सकका अनुसार सानै उमेरदेखि असुरक्षित यौनजन्य क्रियाकलापमा सक्रिय हुनु, धेरै बच्चा जन्माउनु, धेरै जनासँग यौनसम्पर्क गर्नु र सरसफाइको कमीले एचपीभी भाइरस संक्रमण हुन्छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports