सांसदहरूले स्वकीय सचिव राख्न पाउने
वि.सं.२०८३ असार ३२ बिहीवार १४:०८
shares

काठमाडौँ । सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को अनुसूची परिमार्जन गर्दै मन्त्रिपरिषद्ले स्वकीय सचिव राख्न पाउने व्यवस्था ब्युँताएको जानकारी दिइन् ।सांसदहरूका स्वकीयले पहिला जे सुविधा पाउँदै आएका थिए, अब त्यही सुविधा कायम गर्ने निर्णय मनित्रपरिषद् बैठकले गरेको हो ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेको थियो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले स्वकीय सचिवको व्यवस्था ब्युँताउन अनुसूची हेरफेरका लागि लगेको प्रस्ताव मंगलबारको मन्त्रिपरिषद् बैठकमा लगेको थियो ।
अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न सक्नेछन् ।सांसदहरूले शाखा अधिकृत सरह सुविधा पाउनेगरी स्वकीय सचिव राख्न पाउनेछन् ।



































