यस्तो छ आज शुक्रबारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ साउन १ शुक्रवार ०९:३२
shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११० रुपैयाँ तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ ८० पैसा र बिक्रीदर २०८ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




































