linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रसेवक कर्मचारीहरूको तलव २१ प्रतिशसम्म वृद्धी, कुनपदको कति पुग्यो ?

741
shares

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीहरूको तलबमानमा उल्लेख्य वृद्धि गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रवार संघीय संसद्को संयुक्त सदनमा पेस गरेको आर्थिक वर्ष २०८३/८४को बजेटमा पछिल्लो चार वर्षदेखि वृद्धि नगरिएको राष्ट्रसेवक कर्मचारीहरूको तलब बढाउने निर्णय गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले वाचन गरेको बजेटमा कर्मचारीहरूको ‘सुरु स्केल’ मा १० प्रतिशत वृद्धि गरिने उल्लेख छ । यसका अतिरिक्त, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको थप १० प्रतिशत ‘मासिक प्रोत्साहन भत्ता’ को व्यवस्था गरिने अर्थमन्त्री डा. वाग्लेले बताए ।बजारमा महँगी १७.३ प्रतिशतले बढेको र राष्ट्रसेवक कर्मचारीले त्यही अनुसार सम्मानपूर्वक बाच्न पाउने गरी तलबमानमा वृद्धि गरेको जानकारी दिए ।

यो वृद्धि गरिएको तलबमान आगामी साउन १ गतेदेखि लागू हुने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणमा बताए ।यो नयाँ व्यवस्था लागू भएपछि कर्मचारीहरूले हाल खाइपाइ आएको पारिश्रमिकमा कुल करिब २१ प्रतिशत वृद्धि हुने देखिन्छ ।सरकारले यसअघि २०७९ साउन १ गते १५ प्रतिशतले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको थियो । त्यो बेला सबैभन्दा बढी मुख्यसचिवको आधारभूत तलब ७७ हजार २११ रुपैयाँ थियो । यस्तै शाखा अधिकृतको ४३,६८९ रुपैयाँ कायम गरिएको थियो । अब हुने २१ प्रतिशतको हाराहारी वृद्धिसँगै तल्लो तहका कर्मचारीको न्यूनतम पारिश्रमिक ग्रेडसहित करिब ४० हजार रुपैयाँ र माथिल्लो तहको तलब १ लाख रुपैयाँभन्दा बढी कायम हुने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणका क्रममा बताए ।

२०७९ मा वृद्धि भएपछि मुख्य सचिवको ७७ हजार २११ रहेकोमा अहिले २१ प्रतिशतले वृद्धि हुँदा प्रारम्भिक ९३ हजार ४२५ रूपैयाँ हुनेछ । त्यसमा ०७९ सालको बजेट भाषणदेखि अहिलेसम्म दुई पटक भत्ता बढाउने घोषणा गरिएको थियो । एक पटक ५ हजार र अर्को पटक २ हजार गरी ७ हजार बढाइएको थियो । त्यो अझै पनि कायम राख्ने अर्थमन्त्री डा. वाग्लेले बजेट भाषणका क्रममा बताएका छन् । त्यो पनि जोड्दा मुख्यसचिवको ग्रेड बिनाको १ लाख ४२५ हुने देखिन्छ ।

सचिवको ग्रेडबाहेक ८७ हजार २१९ तलब हुन्छ र त्यसमा ७ हजार भत्ता जोड्दा ९४ हजार २१९ हुन्छ । यसमा ग्रेड र अन्य भत्ता जोड्दा अझै बढी हुनेछ ।तलबमानको यो वृद्धिले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, परराष्ट्र सेवा, सामुदायिक विद्यालयका शिक्षकहरू, विभिन्न संस्थानका सबै तहका राष्ट्रसेवकहरूलाई समेट्नेछ ।महँगी भत्तालाई हालकै अवस्थामा निरन्तरता दिँदै कार्यसम्पादनमा आधारित भत्ता थप गरिएपछि कर्मचारीहरूको जीवनयापन सहज हुने र सार्वजनिक सेवा प्रवाहमा समेत सकारात्मक सुधार आउने सरकारको अपेक्षा रहेको अर्थमन्त्री डा. वाग्लेले बताए ।

अर्थ मन्त्रालयले यस सम्बन्धी विस्तृत तालिका सार्वजनिक गरेपछि कुन तहको तलबमान कति हुन्छ त्यो निक्र्यौल हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports