नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल चिकित्सक संघको निर्णय : भोली आकस्मिक सेवा बाहेकका सबै सेवाहरू सरकारी अस्पताल र स्वास्थ्य केन्द्रमा बन्द हुने

572
shares

नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । भाद्र २७ गते संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा विरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी घाइते बनाइएको घटनाको विरोधमा संघले आइतबार एक दिन देशभरका आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेका हो ।

‘नेपाल चिकित्सक संघबाट मिति २०८० भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरुलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरुलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस मिति २०८० भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जसअनुसार भाद्र ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गरिने संघले जनाएको छ ।

संघका मागहरु : -२०८० भाद्र २७ गतेको सन्चो अस्पताल हेटौडामा घटाइएको आततायी सांघातिक घटनामा संलग्न सम्पूर्ण दोषीहरुको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने ।
– देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने ।
– स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ लाई अक्षरस पालना गराउनका लागि नेपाल सरकारका न्यायिक, अर्घन्यायिक, सम्पूर्ण सुरक्षा, निकाय गृह मन्त्रालय लगायत सरोकारवाला सबैलाई स्वास्थ्य क्षेत्रको संवेदनशिलतामाथि गम्भीर रुपमा मनन गरी सोही अनुरुप सचेतनामूलक कार्यक्रमहरु अनिवार्य रुपमा संचालन गरिनु पर्ने ।

-चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको जनशक्ति दिनप्रतिदिन रोगजारी तथा क्षमता अभिवृद्धिका लागि विदेशिन बाध्य भईरहेको विद्यमान परिस्थितिलाई गम्भीर रुपमा मनन गरी अबिलम्ब चिकित्सक ऐन तथा चिकित्सक सेवा आयोगको स्थापनाका लागि आवश्यक कार्य अगाडि बढाउनु पर्ने ।
– विश्व स्वास्थ्य संगठनको सिफारिस बमोजिम चिकित्सक र बिरामीको अनुपातलाई नेपालमा यथोचित कार्यान्वयन गर्न नसकिएको कारण यस्ता प्रकारका घटनाहरुले प्रशय पाउने गरेको नेपाल चिकित्सक संघको ठहर छ । त्यसैले स्वास्थ्य संस्थामा हुने अत्याधिक चापलाई न्यूनिकरण गर्न एवं गुणस्तरीय स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन अनिवार्य रुपमा चिकित्सकको दरबन्दी बृद्धि, बैज्ञानिक कार्य समयको निर्धारण तथा सोही अनुरुपको सेवा सुविधा उपलब्ध गराउनु पर्ने ।
-उक्त घटनाका दोषीहरुलाई पक्राउ गरी कानूनी कारवाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरुले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको हुनाले सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानून बमोजिम कारवाही हुनु पर्ने, साथै भावी दिनमा यस्ता प्रकारका घटनामा मौनता नसाध्ने गरी लिखित प्रतिबद्धता समेत हुनु पर्ने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports