विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खानेपानी मन्त्रालयले सात जना सहसचिवहरुको सरुवा गर्यो

845
shares

काठमाडौं । खानेपानी मन्त्रालयले सात जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले मेलम्ची विकास समितिका कार्यकारी निर्देशकलाई अन्यत्र खटाएको छ भने खानेपानी विभागका महानिर्देशक पनि फेरेको छ ।

मेलम्ची विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठलाई खानेपानी विभागको महानिर्देशकमा लगिएको छ । विभागका महानिर्देशक रमाकान्त दुवाडी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगर पुगेका छन् । विराटनगर सरुवा भएका दुवाडीले अध्ययन विदा लिएको मन्त्रालय स्रोतले बतायो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरका प्रमुख सुरत बमलाई मेलम्ची खानेपानी विकास समितिको उपकार्यकारी निर्देशक बनाइएको छ । मन्त्रालय स्रोतका अनुसार बमलाई कार्यकारी निर्देशक बनाउने तयारी छ । रामचन्द्र काफ्लेलाई संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवलमा, उज्वल प्रजापतिलाई हेटौंडा, जक्की अहमदलाई जनकपुर र बालमुकुन्द श्रेष्ठलाई खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतमा खटाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports