विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सोमवार सुनको मूल्य १४०० ले घटयो

455
shares

हिजो तोलामा ४ हजार ७ सय बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो सुनको भाउ तोलाको २ लाख ८३ हजार ८ सय पुगेको थियो।

गएको शुक्रबार पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढेको थियो। त्यसअघिका तीन दिनमा सुनको भाउ १० हजार ४ सय रुपैयाँ घटेको थियो।त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। तोलमा १५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय १० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

हिजो तोलामा १ सय ४५ रुपैयाँ बढेर चाँदीको भाउ ४ हजार ३ सय २५ रुपैयाँ पुगेको थियो।गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports