सरकारी गाडीको दुरुपयोग स्वकीय सचिवहरुलाई गाडी सुविधा
वि.सं.२०८३ असार १२ शुक्रवार ०९:४५
shares

काठमाडौ । प्रधानमन्त्री बालेन साह र उनको मन्त्रिमण्डलका स्वकीय सचिव, सविचहरु विवादको घेरामा परेका छन् । प्रधानमन्त्री साहका मुख्य स्वकिय सचिव सुभाष शर्मा कर छलीको गम्भीर आरोपमा मुछिएका छन् । शंखमूलस्थित चियादानीका स्याङ्गजाली मालिक शर्मा करोडौँ कर छलीमा जोडिएको भन्दै आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा उजुरी परेको बताइएको छ ।
पहिला नै प्रदेशमा बसिसकेका भुपाल बराल, सहविच पार्वती शर्मा, नीता अर्याललाई दोहो¥याएर प्रदेशमा खटाउने निर्णयलाई २१ दिनमै प्रदेश सरुवा उल्टाएर संघमा फर्किएका शोभाकान्त पौडेललाई संरक्षण दिने र वर्षदिन देखि गयल भएका सहसचिव नरेन्द्र कुमार राना (बहुविवाहका आरोप) खेपिरहेकालाई कारबाहीबाट जोगाएको आरोप शर्मामाथि लागेको छ ।
सरकारले सहसचिव भन्दा तलका कर्मचारीले चढ्दै आएको ४७५ वटा चारपांग्रे गाडी प्रधानमन्त्री र मन्त्रीहरुका सचिवालयका कर्मचाीहरुलाई दिएको छ । मन्त्रीहरुको स्वकीय सचिवहरुले समेत सरकारी गाडी प्रयोग गरिरहेका छन् भने अन्य गाडीहरु कहाँ छन् भन्ने पत्ता लाग्न सकेको छैन ।
पञ्जीकरण विभागका तत्कालिन महानिर्देशक नमराज घिमिरे अन्यन्त्र सरुवा भएपछि उनले चढिरहेका ६५३ नम्वरको अत्याधुनिक र महंगो गाडी प्रधानमन्त्रीको सचिवालयमा पु¥याइएको छ । महानिर्देशक रुपमा कृष्ण पौडेल हाजिर हुनु अघि नै सचिवालयमा लागिएको सो गाडी अहिले रातो नम्वर प्लेट ४५३४ मा फेरिएको र पौडेललाई थोत्रो गाडी दिइएको स्रोतले बताएको छ । पछिल्लो समयमा मन्त्रीको अधिकांश सल्लाहकारहरुले रातो नम्वरका गाडीहरु प्रयोग गर्न थालेका छन् ।
भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अहिले यो विकृत्ति अझ बढेको बताइएको छ । अनुसन्धान अधिकृतहरुलाई गोपनीयताका लागि सरकारी गाडीमा रातो नम्वर राखेर प्रयोग गर्न दिनु सामान्य भएपनि यातायात ऐन विपरित प्रधानमन्त्री र मन्त्रीका सचिवालयबाटै गाडीको दुरुपयोग बढेको भएपनि सरकारले वास्ता गरेको देखिँदैन । बालेन साह काठमाडौको मेयर हुँदा सहयोगी रहेका विवेक मिश्र देखि कलाकार अर्जुन घिमिरे (पाँडे) समेतले रोजी रोजी सरकारी गाडी चढेका छन् ।
गृह मन्त्रालयले ५४ वटा गाडी जगेडामा राखेको छ भने जेम्स कार्कीले चालेक सहितको गाडी प्रयोग गरिरहेको सूत्रले दाबी गरेको छ । भौतिक पूर्वाधार मन्त्रीका स्वकीय सचिव प्रतिक श्रेष्ठ र विवेक बास्तोला, कानूनमन्त्रीका स्वकीय सचिव प्रकृत्ति नेउपाने, शिक्षा मन्त्रीका स्वकीय सचिव आरजु लोहनी, अर्थ मन्त्रीका स्वकीय सचिव नविन ढुँगाना, उर्जामन्त्रीका स्वकीय सचिव सञ्जीव महर्जनले पनि यस्तो सुविधा पाएका छन् । यसरी सरकारी गाडीको दुरुपयोग हुँदा सम्म सरकार मौन रहनुले सरकारी सम्पत्तिको लुट कहिलेसम्म भन्ने प्रश्न उठेको छ ।




































